२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

असार मसान्तपछि बैंक: व्यापार भए अनुसार ऋण पनि उठ्यो, तर स्प्रेडले नाफा खाइदियो

banner

काठमाडौं। राष्ट्र बैंकले बिहीबार १० बजे राति अन्तिम क्लियरिङ गरेपछि गत आर्थिक वर्षको हरहिसाब ‘क्लोजिङ’ गरेका बैंकर उत्साहित देखिएका छन्।

डेढ महिना लामो निषेधाज्ञाका बीच गत वर्षको ‘क्लोजिङ’ गरेका बैंकहरुले पोहोरको भन्दा राम्रो नाफा/नोक्सान हिसाब खाता तयार भएपछि उत्साहित भएका हुन्। 

‘यसपाली ऋण उठाउन नै गाह्रो भएन। अलि अलि समस्यामा पार्छ कि भनेको ग्राहकले पनि समयमा थपक्क पैसा ल्याएर बुझाए,’ एक बैंकरले भने, ‘यसपाली सबैको नाफा राम्रो आउने देखिन्छ।’

२०७६ साल चैत ११ गतेबाट सरकारले लकडाउन गरेपछि व्यापार व्यवसाय ठप्प भएको थियो। सरकारले पनि वस्तुस्थिति मूल्यांकन नगरी राहत दिने घोषणा गरेको थियो। राष्ट्र बैंकले पनि ब्याज छुटदेखि ऋण तिर्ने समय थपसम्मको स्किम ल्याएको थियो।

यसले गर्दा पोहोर पैसा हुनेले समेत तिरेनन्। ‘यसपाली धेरै अवस्था क्लियर भएको थियो। राज्यले पनि हतार देखाएन। राष्ट्र बैंकले पनि खासै ठूलो सहानुभूति राखेन,’ अर्का एक बैंकरले भने, ‘पैसा छ भने तिर्नु पर्छ भन्नेमा नै धेरै जना पुगे। ब्याज घटेका कारण तिर्नुपर्ने दायित्व पनि कम भएको थियो।’

पोहोर राष्ट्र बैंकले पैसा नहुनेले ऋण नतिर्दा हुन्छ भनेर सार्वजनिकरूपमै भनेको थियो। यसपाली गभर्नर महाप्रसाद अधिकारीले वित्तीय स्थायित्वलाई ध्यान दिइने भएकाले व्यवसायिक क्षेत्रले ठूलो अपेक्षा नगर्न भनेका थिए।

‘यसले गर्दा पनि ऋण तिर्नेहरु बढे। भोलि दायित्व अझ बढ्छ भन्ने भएर पनि होला यसपाली ऋण उठाउन गाह्रो पनि परेन,’ ती बैंकरले भने।

बैंकहरुको ऋण उठ्ती यसपाली राम्रो भए पनि नाफा भने उत्पात बढेको छैन। स्प्रेड दर र फी तथा शुल्क आम्दानी घटेका कारण नाफा भने प्रभावित भएको छ।

‘यसपाली व्यापार राम्रो भएको छ। पैसा पनि राम्रोसँग उठेको छ तर सञ्चालन नाफा भने धेरै छैन,’ अर्का एक बैंकरले भने। यसपाली बैंकहरुले सेयर बिक्री नगरेको भए नाफामा ठूलो प्रगति हुँदैनथ्यो।

ब्याज घटेका कारण बैंकहरुले स्प्रेड ४ प्रतिशतभन्दा तल राखेका छन्। यसबाहेक राष्ट्र बैंकले शुल्क कमिसनमा सीमा तोकिदिएकाले आम्दानी राम्रो हुन सकेको छैन। ‘नाफालाई सेयर बिक्रीबाट गरेको कमाइले भरथेग गरेको छ,’ ती बैंकरले भने।

ad

यो पनि पढौँ

भारतले गहुँको पिठो, मैदा र सुजीको निर्यातमा पनि लगायो प्रतिबन्ध

कोर्पोरट आवाज डट कम

अन्तर्राष्ट्रिय उडान भोलिबाट, आन्तरिक उडान १७ गतेदेखि

कोर्पोरट आवाज डट कम

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान

कोर्पोरट आवाज डट कम