४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

एकैदिन ३ अर्बले कारोबार बढ्दा कृषि विकास बैंकसहित तीन वाणिज्य बैंक अग्रस्थानमा

banner

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । पछिल्लो दुई दिन करेक्सन देखिएको बजारमा आज पुनः उकालो तर्फ लागेको छ ।

बिहीबारको बजारमा परिसूचक १८.७६ अंकले बढेर ३००४.३३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.६३ प्रतिशतले बढेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सो दिन कूल ११ अर्ब ११ करोडको सेयर कारोबार भएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ३ अर्ब २२ करोड रुपैयाँले बढी हो । गत मंगलबारको बजारमा कूल ७ अर्ब ८९ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो ।

बिहीबार बढी कारोबार गर्नेको शीर्ष अग्रस्थानमा तीन वाणिज्य बैंक रहेका छन् । कृषि विकास बैंक, नेपाल बैंक र एनआईसी एशिया बैंकको बढी कारोबार गर्नेको अग्रस्थानमा रहेका छन् । जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको ४६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ३६ करोड ५ लाख र एनआईसी एशियाको ३६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा ७ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । लक्ष्मी उत्नत्ति कोष, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, न्याङ्दी ग्रुप पावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, पोखरा फाइनान्स र माउन्टेन हाइड्रोपावर नेपालको सेयर मूल्य ९.९५÷९.९५ प्रतिशतले बढेको छ । त्यस्तै, लक्ष्मी इक्विटी फण्डको ९.५३ र ग्लोबल आईएमई समुन्नत स्किम १ को ९.५० रुपैयाँले इकाई मूल्य बढेको छ ।

ad

यो पनि पढौँ

बैंकको ऋणपत्र निष्काशन खुला, पौने ९ प्रतिशत व्याज पाइने

कोर्पोरट आवाज डट कम

पहिलो दिनमै ६ अर्ब नाघ्यो जीवन विकासको बजार पुँजीकरण, प्रतिकित्ता कति पुग्यो ?

कोर्पोरट आवाज डट कम

अब मेरोशेयरको पासवर्ड बिर्सिएमा आफैले पासवर्ड रिसेट गर्न सकिने, यस्तो छ प्रक्रिया

कोर्पोरट आवाज डट कम