२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति सेयर

बैंकको ऋणपत्र निष्काशन खुला, पौने ९ प्रतिशत व्याज पाइने

banner

ठमाडौं । मुक्तिनाथ विकास बैंकको एक अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (साउन ७ गते)देखि ७ वर्षे ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १२ लाख ५० हजार कित्ता ऋणपत्र जारी गरेको हो । जसमा वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ ।

निष्काशित ऋणपत्रमध्ये ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट र ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिने मध्ये ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाई जसमध्ये १ हजार ५०० कित्ता ऋणपत्र बाँडफाँड पनि भईसकेको बैंकले जनाएको छ ।

सो ऋणपत्र खरिदका लागि इच्छुकले छिटोमा साउन ११ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्ने छ ।

विकास बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । यससँगै लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

ad

यो पनि पढौँ

अर्थमन्त्रालयले नेप्सेका प्रमुख साउदसँग पनि माग्यो स्पष्टिकरण, ३ तीनभित्र पेश गर्नुपर्ने

कोर्पोरट आवाज डट कम

हिमालयन बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट पाउने ।

कोर्पोरट आवाज डट कम

ख्वप अस्पताललाई १०० शैय्याको अस्पताल सञ्चालन अनुमति प्राप्त

कोर्पोरट आवाज डट कम