२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

३११३ बिन्दुसम्म पुगेर फर्कियो नेप्से, चन्द्रागिरीसहित तीन कम्पनीको मूल्यमा लाग्यो सर्किट

banner

काठमाडौं । बुधबारको बजारमा पनि नयाँ कीर्तिमानी कामय भएको छ । मंगलबार उच्च बिन्दुमा पुगेको बजार बुधबार पनि उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड राख्न सफल भएको छ ।

नेप्से परिसूचक १५.३० बिन्दुले बढेर ३०९४.९५ बिन्दु पुगेको छ । जुन हालसम्मकै (दैनिक क्लोजिङ्गको) उच्च बिन्दु हो । दिनभरको कारोबारमा भने परिसूचक बढेर ३११३ बिन्दुसम्म पुगेको थियो । तर पछि ३०९४.९५ बिन्दुमा फर्किएर बजार बन्द भएको छ ।

मंगलबारको तुलनामा नेप्से परिसूचक बढेपनि सेयर कारोबार भने घटेको छ । मंगलबार १५ अर्ब बढी कारोबार भएको बजारमा बुधबार भने १३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये बढी कारोबार गर्नेको अग्रस्थानमा हाइड्रो कम्पनी रहेका छन् । त्यसमा पनि सबैभन्दा बढी युनाईटेड मोदी हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ३८ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी, कारोबारमा आएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपर्स फाइनान्स कम्पनी र चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । यी तीन कम्पनीको सेयर मूल्य क्रमशः ८०३ रुपैयाँ, ५३४.८० रुपैयाँ र १६३७.९० रुपैयाँ पुगेको छ ।

सो दिन सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ५.०७ प्रतिशतले घटेर प्रतिकिता ३५६ रुपैयाँमा झरेको छ ।
बुधबार बैंकिङ्ग, हाइड्रोपावर, उत्पादनमूलक र म्युचुअल फण्ड समूह राताम्मे देखिएका छन् भने बाँकी समूहमा हरियाली छाएको छ ।

ad

यो पनि पढौँ

बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सूचिकृत

कोर्पोरट आवाज डट कम

अन्य कम्पनीको तुलनामा नेपाल लाइफको बिजनेस दोब्बर, सक्रिय बीमालेखमा रिलायबलले टप्यो

कोर्पोरट आवाज डट कम

घटेर बन्द भयो सोमबारको सेयर बजार, कारोबारमा भने उल्लेख्य सुधार

कोर्पोरट आवाज डट कम