२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सेयर

दोहोरो अंकले घट्यो बजार, गुमाउनेसँगै बढी कारोबार गर्नेको अग्रस्थानमा गुडविल फाइनान्स

banner

काठमाडौं । पछिल्लो दुई दिन लगातार बढेको नयाँ नयाँ रेडर्क राखेको सेयर बजारमा ब्रेक लागेको छ । बिहीबारको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन देखिएको हो ।

कारोबार शुरु भएदेखि ओरालोको बाटो तय गरेको बजार अन्ततः १५.१३ बिन्दुले घटेर ३०७९.८२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४९ प्रतिशतले घटी हो ।

बजारमा कूल १० अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनाम ३ अर्ब १० करोड रुपैयाँ घटी हो । अघिल्लो दिन अर्थात साउन १३ गतेको बजारमा कूल १३ अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज २१७ कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये सबैभन्दा बढी गुडविल फाइनान्स कम्पनीको उच्च कारोबार भएको छ । फाइनान्सको एकैदिन ३३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार मात्रै नभएर बढी गुमाउनेको अग्रस्थानमा पनि गुडविल फाइनान्स नै रहेको छ । जसको सेयर मूल्य ६३ रुपैयाँले घटेर प्रतिकित्ता ७९७ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ७.३३ प्रतिशतले घटी हो ।

बिहीबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ७२९ रुपैयाँ पुगेको छ ।

बिहीबार विकास बैंक र होटल समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । यी समूह भने क्रमशः ५३.४० र ४५.४१ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ८६ अंकले ओरालो लागेको छ ।

ad

यो पनि पढौँ

कालो बजारीको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालको साथबाट ६७ थान थर्मल गन

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने

कोर्पोरट आवाज डट कम

तीन कम्पनीको २० लाखभन्दा धेरै कित्ता बोनस सेयर सूचीकृत, यी कम्पनीको बढ्यो सेयर आपूर्ति

कोर्पोरट आवाज डट कम