४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

banner

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको छ । दुई बैंकबीच असोजमा मात्रै एकिकृत कारोबार हुने भएपछि सेयर कारोबार पनि असोजसम्म रोक्का हुने भएको हो ।

हाल नेपाल स्टक एक्स्चेञ्जले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ । दुई बैंकले गत बैशाख ३० गते मर्जरको सम्झौता गरेसँगै नेपाल स्टक एक्स्चेञ्जले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार बैशाख ३१ गतेदेखि रोक्का गरिदिएको थियो ।

नेप्सेले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति ((एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम आज गत बैशाख ३१ गतेबाट दुवै बैंकको सेयर कारोबार रोक्का गरेको विज्ञप्ति मार्फत जनाएको थियो ।

असोजमा एकिकृत कारोबार भएपछि मात्रै बैंकको सेयर कारोबार फुकुवा हुनेछ ।

ad

यो पनि पढौँ

तीन कम्पनीको २० लाखभन्दा धेरै कित्ता बोनस सेयर सूचीकृत, यी कम्पनीको बढ्यो सेयर आपूर्ति

कोर्पोरट आवाज डट कम

४१ अंकले बढ्यो बजार, १ अर्ब ४३ करोडको कारोबार

Corporate Aawaj

अन्य कम्पनीको तुलनामा नेपाल लाइफको बिजनेस दोब्बर, सक्रिय बीमालेखमा रिलायबलले टप्यो

कोर्पोरट आवाज डट कम