४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति समाचार

पश्चिम सेती र सेती-६ जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई

banner

काठमाडौं । नेपालले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिने भएको छ । लगानी बोर्डको ५१औं बैठकले सो निर्णय गरेको हो ।

प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हो । एनएचपीसी लिमिटेड भारत सरकारको पावर मन्त्रालयको स्वामित्वमा रहेको भारतीय सरकारको जलविद्युत बोर्ड हो । जुन सन् १९७५ मा स्थापना भएको थियो ।

चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनसँगको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको सम्झौता तोडेपछि लगानीकर्ताको खोजी भइरहेको थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला थ्री गर्जेजलाई निर्माण गर्न दिने समझदारी भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाबारे सम्झौताको तयारी थियो । तर, तयारी पुरा नभएकाले त्यो हुन नपाएपछि लगानी बोर्डको बैठकमार्फत सो निर्णय भएको हो ।

चिनियाँ कम्पनीले निर्माण जिम्मा दिएपछि भारतले चीनले निर्माण गरेको विद्युत खरिद गर्न इन्कार गरिरहेको थियो । अब भने ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतले नै पाएको छ ।

पश्चिम सेती र सेती नदी ६ आयोजना सार्वजनिक निजी साझेदारी मोडलको निर्माण हुनेछ ।

यी दुई आयोजना निर्माणका लागि २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको १ अर्ब ४८ करोड डलर र सेती नदी- ६ ९२ करोड ७० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

ad

यो पनि पढौँ

डिसहोमको नयाँ अभियान “मेरो मनको दोस्रो देश”

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

कोर्पोरट आवाज डट कम

बीवाईडीको ‘फिस्कल इयर इन्ड अफर’; सडक करमा छुट दिदैँ कम्पनी 

Corporate Aawaj