२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ

नेपालमा टिभिएसको एनटर्क १२५ स्कुटर ५० हजार युनिट बिक्री

banner

काठमाडाैं । टिभिएसको एनटर्क १२५ स्कुटर नेपाली बजारमा ५० हजार युनिटभन्दा बढी बिक्री भएको छ । कम्पनीले एक विज्ञप्ती जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

स्कुटरले यो बिक्रीको अंक आफ्नो सुरुवातको तीन वर्ष भित्रमा हासिल गरेको कम्पनीको दावी छ ।

टिभिएस एनटर्क १२५ पहिलो पटक सन् २०१८ मा भारतमा सार्वजनिक भएको हो।  ब्लुटुथ कनेक्ट गर्ने मिल्ने फिचर र स्पोर्टी स्कुटर भएकोले यो स्कुटर युवा पुस्तामाझ निकै लोकप्रिय रहेकाे छ ।

हाल नेपाली बजारमा टिभिएसको एनटर्क ५ भेरिएन्टमा उपलब्ध छ ।

यस स्कुटरमा बिएस ६-कम्प्लायन्ट, १२४.८ सिसी सिंगल-सिलिन्डर इन्जिन प्रयोग भएको छ जसले ७ हजार आरपिएममा ९.१ पिएस पावर र ५ हजार ५ सय आरपिएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ ।  यसमा फ्युल इन्जेक्सन प्रविधि प्रयोग भएको छ ।

त्यस्तै यस स्कुटरमा डिजिटल स्पिडोमिटर, न्याभिगेसन असिस्ट, टप स्पिड रेकर्डर, इन-बिल्ट ल्याप-टाइमर, फोन-ब्याट्री, अन्तिम समय पार्क गरेको ठाउँ, सर्भिस रिमाइन्डर, ट्रिप मिटर लगायतको फिचरहरू छन् ।

ad

यो पनि पढौँ

कोरोना भाइरसपछिको विश्व

कोर्पोरट आवाज डट कम

ग्लोबल आईएमई : यसरी सम्भव भयो ७७ जिल्लामा सेवा विस्तार गर्ने पहिलो निजी बैंक

कोर्पोरट आवाज डट कम

पाँच वाणिज्य बैंकले नगद लाभांश दिन नसक्ने, यस्तो छ कारण

कोर्पोरट आवाज डट कम