४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

यी हुन् एक्काईसौँ शताब्दीका सबैभन्दा ठूला डेटा ब्रिचहरु

banner

डेटा ब्रिच यति गम्भिर कुरा हो जसले एकै पटकमा लाखौं व्यक्तिलाई प्रभाव पार्छ । डेटा ब्रिचको अर्थ सुरक्षित राख्नु पर्ने आम सार्वसाधरणका डेटा चोरी गर्ने, सार्वजनिक गरिदिने, अनुमतिविना प्रयोग गर्ने वा डेटा सुरक्षा सम्बन्धि नियमहरु उल्लघंन गर्नु हो । 

डेटा ब्रिच धेरै जसो ह्याकरहरुले गरिरहेका हुन्छन् । कहिलकाँही जिम्मेवारी निकाय, संघसंस्था, व्यवसायिक प्रतिष्ठान, अनलाइनमा आधारित व्यवसायहरुले पनि डेटा ब्रिच गरेको पाइन्छ ।

केही दिन अघिमात्र विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ प्लेटफर्म अमेजनले युरोपियन कानुन विपरित डेटा ब्रिच गरेको भन्दै १ खर्ब रुपैयाँभन्दा धेरै जरिवाना तिराइएको थियो । 

डेटा ब्रिच गर्न हरेक दिन ह्यारहरुले विभिन्न वेबसाईट तथा एपमा अनआधिकारिक पहुँच पाउन खोजिरहेका हुन्छन् । विश्वमा हरेक दिन ह्याकरले डेटा ब्रिच गरिरहेका हुन्छन् ।

हरेक दिन विश्वका देशहरुले ह्याकरलाई फिरौति तिरिहेकाहुन्छन् । आज हामी एक्काइसौं शताब्दीका सबैभन्दा चिर्चित दश ठूलो डेटा ब्रिचको बारेमा जानकारी गराउँदै छौं । 

१. याहु 

सन् २०१३, अगस्टमा याहुको सबैभन्दा ठूलो डेटा ब्रिच भएको थियो । कुनै ह्याकिङ समूहले तीन तीन अर्ब अकाउन्टहरुलाई प्रभाव पारेको थियो । 

जब याहुलाई भेराइजनले लिदै थियो त्यो बेला अचानक ह्याकरहरुले डेटा ब्रिच गरेका थिए । यो डेटा ब्रिचपछि पनि याहु र भेराइजन बीचको सम्झौता त भयो तर एक्दमै कम मूल्यमा ।

भेराइजनले आफूले गोपनीयता र सुरक्षामा एकदमै ध्यान दिने प्रतिबद्धता गरेको थियो । ह्याकरले अकाउन्टमा पहुँच पुर्याएता पनि प्लेनटेक्सट पासवर्ड, भुक्तानी कार्डको विवरण र बैंक डेटा चोरिएको थिएन ।

 २. अलिबाबा 

अलिबाबाको डेटा ब्रिच सन् २०१९ मा भएको थियो । यस डेटा ब्रिचमा ठूलो संख्याका ग्राहकलाई प्रभाव पारेको थियो । यो ह्याक अलिबाबा साइट बनाउनेले नै गरेको थियो, जसले आफैले बनाएको क्रलर सफ्टवेयर प्रयोग गरेर ग्राहक विवरण, युजरनेम र मोबाइल नम्बर ह्याक गरेका थिए । 

उनले यो जानकारी आफ्नै प्रयोगका लागि जम्मा गरिरहेको र ब्लाक मार्केटमा भने बेचेका थिएनन् । उनीले यही अपराधका लागि तीन वर्ष जेलमा बस्नु पर्यो । यो ह्याकले १ अर्ब १० करोड प्रयोगकर्ताको डेटालाई असर गरेको थियो । 

३. लिकंडइन 

यसै वर्ष लिकंडइनमा डेटा ह्याकको घटना भयो । ७० करोड अर्थात करिब ९० प्रतिशत प्रयोगकर्तालाई असर पारेको थियो । 

‘गड यूजर’ भन्ने एक जना ह्याकरले वेबसाईटको एपिआईलाई बिगारेर ह्याक गरेका थिए । त्यसपछि सबै ७० करोड डेटाबेसलाई बेच्ने धम्की पनि दिएका थिए । यस ह्याकमा कुनै संवेदनशील र निजी जानकारी बाहिर नगएको बताइएकोे छ । ‘गड यूजर’ले ईमेल एडे्रस, सम्पर्क नम्बरलगायतका अन्य विवरण प्राप्त गरेका थिए  । 

४. सिना विबो 

यो चीनको सबैभन्दा ठूलो सामाजिक हो । सिना विबोमा करिब ६० करोड प्रयोगकर्ता रहेका छन् । यस सामाजिक सञ्चालमा सन् २०२० मार्चमा आक्रमण गरिएको थियो । यो ह्याकले ५३ करोड ८० लाख अकाउन्टलाई असर गरेको थियो । 

ह्याकरले डेटासेटको केही भागमा आक्रमण गरेर वास्तविक नाम, साईट यूजरनेम, लिंक, ठेगाना र सम्पर्क नम्बर जस्ता जानकारी ह्याक गरेका थिए ।

ह्याकरले ति विवरण २५० डलरमा डार्क वेबमा विक्रि गरेका थिए । चीनको सञ्चार तथा सूचना मन्त्रालयले डेटा सुरक्षा बढाउनलाई विबोलाई निर्देशन दिएको थियो । 

५. फेसबुक 

फेसबुकमाथि डेटा ब्रिचको घटना सन् २०१९ मा अप्रिलमा भएको थियो । त्यसबेला फेसबुकको दुई डेटासेट सार्वजनिक भएको थियो ।

यसमा ५३ करोड प्रयोगकर्ताको फेसबुकमा आधारित विवरण, सम्पर्क नम्बर, अकाउन्टको नाम र फेसबुक आईडी जस्ता जानकारी बाहिरिएको थियो ।

यो ह्याकको दुई वर्ष पछि यि डेटाहरु निःशुल्क पोस्ट गरिएको थियो । साथै, यि विवरणहरु डार्क वेबमा पनि पोस्ट गरिएको थियो । विवरणमा केही प्रयोगकर्ताहरुको ईमेल एड्रेस पनि थिए ।  

६. म्यारियट इन्टरनेसनल (स्टारवुड) 

होटेल म्यारियट इन्टरनेसनलले सन् २०१८ मा ५० करोड स्टारवुड प्रयोगकर्ताको संवेदनशील जानकारी ह्याक भएको बताएको थियो । म्यारियटले विभिन्न तरिकाले अनुसन्धानहरु गर्दा स्टारवुड नेटवर्कमा सन् २०१४ देखिनै ह्याकरहरुले अनाधिकृत पहुँच गरेर डेटा कपि र इन्क्रिप्ट गरिरहेको पाइएको थियो । 

सन् २०१८ मा ती डेटाहरुलाई मारियटले डिक्रिप्ट गर्न सफल भएको थियो । ती डेटा स्टारवुड गेस्टको डेटाबेस रेहको पत्ता लागेको थियो ।

यसमा होटलका ग्राहकको नाम, ईमेल एड्रेस, ठेगाना, सम्पर्क नम्बर, पासपोर्ट नम्बर, अकाउन्टको विवरण, जन्म मिती, आगमन र प्रस्थान जानकारी, आरक्षण मिति र संचार विवरण जस्ता जानकारी रहेका थिए । 

कम्पनीले जरिवाना स्वरुप करिब १ करोड ८४ लाख पाउण्ड भुक्तानी गर्नुपरेको थियो । यो आक्रमण चिनियाँ समूहले गरेको भन्ने अनुमान लगाइएको छ । 

७. याहु 

याहुमा सन् २०१४ मा पुनः डेटा आक्रमण गरिएको थियो । यो ह्याकमा राज्य प्रायोजित अभिनेताहरुले ५० करोड प्रयोगकर्ताको अकाउन्ट ह्याक गरेर नाम, ईमेल एड्रेस, जन्म मिती, पासवर्डजस्ता जानकारी चोरेका थिए । 

सन् २०१६ मा चोरिएको डेटाबेस ब्लयाक मार्केटमा सार्वजनिक भएपछि मात्रै याहुले यो कुरालाई सम्बोधन गरेको थियो ।

 ८. एडल्ट फ्रेन्ड फाइण्डर 

यो सामाजिक सञ्जालमाथि सन् २०१६ मा आक्रमण गरिएको थियो । यो नेटवर्कमा २० वर्षदेखि रहेको ६ ओटा डेटाबेस ह्याकरहरुले चोरेका थिए । 

यसमा हुकअप र वयस्क सामाग्री भएको पेन्टहाउस डटकम र स्ट्रीपशो डटकम जस्ता अनैतिक वेबसाईटहरु भएको हुँदा ४१ करोड ४० लाख प्रयोगकर्ताहरुको नाम, ईमेल एड्रेस र पासवर्ड बाहिरिएको थियो । 

यसबाट धेरै व्यक्तिको निजी जीवनलाई एकदमै नराम्रो असर पारेको थियो । ती पासवर्डहरु ह्यासमा सार्वजनिक गरिएका थिए जसलाई सजिलै लिक्डसोर्स डटकमको प्रयोगले हेर्न सकिन्थ्यो । 

९. माई स्पेस 

माई स्पेमा सन् २०१३ सालमा डेटा आक्रमण गरिएको थियो । तीन वर्षपछि सन् २०१६ मा ३६ करोड प्रयोगकर्ताको डेटा बाहिरिएपछि ह्याक भएको थाहा पाएका थिए । 

यो डेटा लिक्डसोर्स डटकम र डार्क वेबमा बिक्रीमा राखिएको थियो । ह्याकरहरुले त्यो समय ६ ओटा बिटकोइन मागेका थिए, जुन करिब ३००० डलर बराबर थियो । 

ह्याक गरिएको डेटामा ईमेल एड्रेस, यूजरनेम र पासवर्ड रहेका थिए । सुरक्षित बनाउनका निम्ति तत्कालै कम्पनीले ती अकाउन्टहरुलाई हटाईदिएको थियो । 

१०. नेटइज 

नेटइज माथि सन् २०१५ मा आक्रमण गरिएको थियो जसले करिब २३ करोड ५० लाख प्रयोगकर्ताको अकाउन्टलाई असर पारेको थियो । नेटइजले मेलबक्स सेवा प्रदान गर्छ ।

यो ह्याकमा डबल फ्ल्याग नामक विक्रेताले २३ करोड ५० लाख प्रयोगकर्ताका ईमेल एड्रेस र प्लेनटेक्स्ट पासवर्ड डार्क वेबमा विक्रिमा राखिएको थियो । 

कम्पनीले भने पछिसम्म पनि कुनै डेटा ब्रिच नभएको दाबी गरिरहेको थियो तर जब डार्क वेबमा नै आधिकारिक प्रयोगकर्ताको डेटा आएपछि सबै खुलस्त भएको थियो । 

(एजेन्सीहरुको सहयोगमा)

ad

यो पनि पढौँ

लकडाउन उल्लंघन गर्ने वडा अध्यक्षहरु जरिवाना तिरेर छुटे

कोर्पोरट आवाज डट कम

जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ

कोर्पोरट आवाज डट कम

निगमको इतिहास बोकेको बोइङ जहाज ६४ करोडमा बिक्री, अमेरिकामा सम्झौता

कोर्पोरट आवाज डट कम