४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

पार्टी फुट रोक्न माधव नेपाल ब्याक, एसका मन्त्रीहरु यथावत्

banner

काठमाडौं, २३ जेठ । नेकपा एकीकृत समाजवादी पार्टी फुटबाट जोगिएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले फुट जोगाउन पार्टीबाट मन्त्री भएकाहरुलाई यथावत राख्ने कदम चालेका छन् ।

एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ । यसअघि एसले मन्त्रिहरु परिवर्तनको निर्णय गरी बालुवाटारमा नाम समेत सिफारिश गरेको थियो । तर, एसभित्र ठूलै विद्रोह हुनथालेपछि आज दिउँसो माधव नेपाल ब्याक हुने निर्णयमा पुगेका छन् ।

माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् । देउवाले कम्तिमा बजेट सदनबाट पारित गरेपछि मात्र निर्णय लिन सुझाव दिएका छन् । त्यसपछि नेपाल ब्याक हुन तयार भएका थिए ।

अब एसबाट मन्त्री भएका विरोध खतिवडा, प्रेमबहादुर आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीका अलावा राज्यमन्त्री भवानी खापुङ पदमा यथावत् रहनेछन् ।

यसैगरी, माधव नेपाल ब्याक भएपछि सम्मानित नेता झलनाथ खनाल रुष्ट भएका छन् । उनले कुनै हालतमा निर्णय कार्यान्वयनमा लाग्न नेपाललाई जोडबल गरिरहेका छन् ।

ad

यो पनि पढौँ

सेना र ओम्नीले किनेका स्वास्थ्य सामग्री कति सस्तो, कति महंगो?

कोर्पोरट आवाज डट कम

कैलालीमा ५५ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि

कोर्पोरट आवाज डट कम

२६ लाख जाेगाउन महिलाले चिन्न अस्वीकार गरिन् आफ्नै श्रीमान्

कोर्पोरट आवाज डट कम