२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सेयर

मानुषी लघुवित्तको आईपिओ आज बाँडफांड हुदै, २३ लाख बढीले शेयर नपाउने

banner

मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफांड हुने भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार आज बिहान ८:३० बजे मेर्चेंर कै क्यापिटलमा आईपिओ बाँडफांड गर्न लागिएको हो । 

 कम्पनीको आईपिओमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएभन्दा ८३.१० गुणा बढी हो । 

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको गोलाप्रथाबाट बाँडफांड हुने छ । जस अनुसार ३६ हजार ८ सय ५९ जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिने २३ लाख बढी आवेदक हात खाली हुने छन् । 

कम्पनीले बैशाख १३ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा असार ३१ गते शेयर निष्काशनको लागि अनुमति पाएको थियो। 

कम्पनीको केन्द्रिय कार्यालय काभ्रेमा रहेको छ ।

ad

यो पनि पढौँ

गाडी किन्ने र बेच्नेका दुःखः पैसा छैन, कर्जा पाइन्न

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघन गर्ने वडा अध्यक्षहरु जरिवाना तिरेर छुटे

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी नै राखेर सार्वजनिक यातायात खोल्ने तयारी, प्रजिअहरूको बैठक बस्दै

कोर्पोरट आवाज डट कम