४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

अब खल्तीबाट टिभिएसको सबै सवारीसाधनको किस्ता शुल्क भुक्तानी गर्न सकिने

banner

काठमाडाैं । खल्ती डिजिटल वालेट ले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो ।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएसको मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन् ।

खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पे सँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

ad

यो पनि पढौँ

प्रभु क्यापिटलका कर्मचारीहरुको १ दिने तालिम सम्पन्न

कोर्पोरट आवाज डट कम

निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

कोर्पोरट आवाज डट कम

सबैमा बैकिङ पहुँच पुर्याउन नबिल बैंकले गर्यो नबिल दिगो बैंकिङ स्थापना

कोर्पोरट आवाज डट कम