५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

मुक्तिनाथ विकास बैंकले बनायो मन्दिरमा प्रतिक्षालय

banner

मुक्तिनाथ विकास बैंक लि.ले घोराही उप.म.न.पा. वडा नं. ५ धारापानी दाङस्थित पवित्र धार्मिक स्थल श्री पाण्डवेश्वर महादेव मन्दिरमा प्रतिक्षालय निर्माण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको बैंकले उक्त मन्दिरमा भक्तजनहरुको लागि विश्राम गर्न प्रतिक्षालय निर्माण गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।प्रतिक्षालय एक कार्यक्रमबीच बैंकले हस्तान्तरण गरेको छ । बैंकका घोराही शाखा प्रमुख विकास केसीले मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी मन्दिर हस्तान्तरण गरे । उक्त अवसरमा समितिका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । सहयोगबाट मन्दिरमा पाल्ने भक्तजनहरुलाई विश्राम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

ad

यो पनि पढौँ

जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

कोर्पोरट आवाज डट कम

नवनियुक्त सञ्चालकको पदवहाली

कोर्पोरट आवाज डट कम

शाओमी रेड्मी नोट ११ प्रो नेपाली बजारमा, कति होला मूल्य ?

dipesh wyanju