२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

मुक्तिनाथ विकास बैंकले बनायो मन्दिरमा प्रतिक्षालय

banner

मुक्तिनाथ विकास बैंक लि.ले घोराही उप.म.न.पा. वडा नं. ५ धारापानी दाङस्थित पवित्र धार्मिक स्थल श्री पाण्डवेश्वर महादेव मन्दिरमा प्रतिक्षालय निर्माण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको बैंकले उक्त मन्दिरमा भक्तजनहरुको लागि विश्राम गर्न प्रतिक्षालय निर्माण गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।प्रतिक्षालय एक कार्यक्रमबीच बैंकले हस्तान्तरण गरेको छ । बैंकका घोराही शाखा प्रमुख विकास केसीले मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी मन्दिर हस्तान्तरण गरे । उक्त अवसरमा समितिका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । सहयोगबाट मन्दिरमा पाल्ने भक्तजनहरुलाई विश्राम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

ad

यो पनि पढौँ

सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषसहित चार संस्था नियुक्त

कोर्पोरट आवाज डट कम

कागतीको रिफ्रेसिङ स्वादमा नयाँ स्प्राइट, विज्ञापनमा अनमोल

Corporate Aawaj

ज्योतिलाईफको स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ।

कोर्पोरट आवाज डट कम