५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने महालक्ष्मी विकास बैंकको तयारी

banner

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै भवनबाट सेवा दिने तयारी गरेको छ । बैंकले प्रधान कार्यालय आफ्नै भवनमा सार्ने प्रक्रिया शुरु गरेको हो ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने मुल नाकाका साथ २८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको यो बैंकले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा सञ्चालन गर्नका लागि काठमाडौंको चक्रपथसँग जोडिएको वा चक्रपथभित्र घर वा जग्गा खरिद गर्ने भएको छ ।

बैंकले महाराजगंज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैरिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर लगायतका क्षेत्रमा घर वा जग्गा खरिदका निमित्त बैंकले बोलपत्रसमेत अह्वान गरिसकेको छ ।

जग्गा कम्तिमा २ रोपनीदेखि ४ रोपनी सम्म फैलिएको र घर कम्तिमा ३० हजार वर्गफिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ्ग सुविधा भएको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उदेश्यले भिजा इएमभी चिप्स बेस्ड ट्राभल कार्ड, इकमर्श कार्ड र डलर कार्ड जारी गरीसकेको छ ।

ad

यो पनि पढौँ

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० गुणासम्म रकम फिर्ता

कोर्पोरट आवाज डट कम

‘आइएमई पे’ बन्याे साइकल सिटी नेटवर्क नेपालकाे पेमेन्ट पार्टनर

कोर्पोरट आवाज डट कम

नबिल बैंकको वार्षिकोत्सव अफर: कार्ड, स्मार्ट बैंक तथा लकरमा ३७ दिनसम्म छुट

कोर्पोरट आवाज डट कम