
काठमाडौं । सनराइज बैंकले थप २ वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ । बैंकले सुदुरपश्चिम प्रदेश, कैलालीको खानीडाँडामा र बाग्मती प्रदेश, नुवाकोटको गौरीबेशीमा क्रमशः ८४औं र ८३औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।
यससँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८४ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी खानीडाँडाको स्थानीय व्यवसायी कविता जिशी भाट र गौरीबेशीका रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ ।


