२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

काँग्रेस सभापतिमा उम्मेदवारीका लागि शुल्क प्रस्ताव, कुन कार्यसमितिका लागि कति शुल्क ?

banner

२८ साउन, काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समितिको निर्वाचनमा सभापति पदमा उम्मेदवारी दर्ताका लागि रु. ३० हजार शुल्क प्रस्ताव गरेको छ ।

नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले  केन्द्रीय कार्यसमितिको सभापति देखि गाउँपालिका/नगरपालिका वडा कार्यसमिति सभापति निर्वाचनका लागि शुल्क प्रस्ताव गरेकाे हाे ।

निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा केन्द्रीय कार्यसमिति सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरिएको छ भने गाउँपालिका/नगरपालिका वडा कार्यसमिति सभापति निर्वाचनका लागि रु. ५०० प्रस्ताव गरिएको छ । यसअघि केन्द्रीय कार्यसमिति सभापतिका लागि रु. २० हजार शुल्क राखिएको थियो ।

यसैगरी प्रतिवेदनमा केन्द्रीय उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ। प्रदेश महाधिवेशन प्रतिनिधिका लागि रु. ३ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको निर्वाचनका लागि रु. ५ हजार र केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि रु. ७ हजार शुल्क प्रस्ताव गरिएको छ ।

काँग्रेसले महाधिवेशनको नयाँ कार्यतालिकामा सहमति जुटाउन सकेको छैन । महाधिवेशन कार्यतालिकाका बारेमा शीर्ष नेताहरुबीच निरन्तर छलफल भएपनि सहमति जुट्न नसकेको हो । बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा भएको छलफलले केन्द्रीय सदस्यहरुको सुझावपछि मात्रै महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने भएको छ ।

ad

यो पनि पढौँ

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

कोर्पोरट आवाज डट कम

उच्च बिन्दुमा पुगेर फिर्कियो नेप्से, बढी कारोबार गर्नेको अग्रस्थानमा तीन वाणिज्य बैंक

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीमा देउवाको नियुक्तिका लागि अन्तरिम आदेश दिन सर्वोच्चद्धारा अश्वीकार

कोर्पोरट आवाज डट कम