२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

कोरोनाबाट आज देशैभरी ३२६० संक्रमित, ३२ जनाको मृत्यु

banner

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार २६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ पिसीआर र ४ हजार ६५६ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १५ हजार ४६२ नमुना परीक्षणमा ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार बुधवारको तुलनामा आज संक्रमित हुनेको संख्या दुई सयले घटेको हो ।

आज काठमाडौंमा ८११, ललितपुर १९२, भक्तपुर १३० गरी उपत्यकामा ११३३ जना नयाँ संक्रमित थपिएका छन् । बुधवारको तुलनामा उपत्यकामा आज संक्रमितको संख्या झण्डै २ सयले बढेको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २२९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३८ हजार १८० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३४ हजार ८३६ जना होम आइसोलेशनमा र ३ हजार ३४२ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७३७ जना र भेन्टिलेटरमा १८३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै बिहीवार देशैभरी ५६ लाख ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ९९ हजार ४६० नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ९८ हजार ६५१ पुगेको छ ।

ad

यो पनि पढौँ

धोबिखोलामा फोहोर फाल्नेबाट २५ हजार जरिवाना असुल

कोर्पोरट आवाज डट कम

पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

कोर्पोरट आवाज डट कम

बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

कोर्पोरट आवाज डट कम