५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अन्तरवार्ता राजनीति समाचार स्वास्थ्य

प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा कामै गर्न दिनुभएन, नत्र यस्तो अवस्था आउने थिएन

banner

अध्यक्ष, कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले सीमा बन्द गर्नेदेखि लिएर ‘लकडाउन’ घोषणा गरेको छ । १५ दिनदेखि देश ‘लकडाउन’मा छ । सामाजिक दुरी कायम गर्दै जनता आ–आफ्नै घरमा छन् । यही सन्दर्भमा सरकारले के गरिरहेको छ, के गर्नुपर्छ लगायतका विषयमा केन्द्रित रहेर यसअघि २० महिनासम्म स्वास्थ्य मन्त्रालय सम्हालेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानी –

अहिले विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड–१९) लाई तपाईंले कसरी बुझ्नु भएको छ ?

कोरोनाभाइरस जसलाई ‘कोभिड–१९’ नाम दिइएको छ, चीन हुँदै लगभग २०६ वटा देशमा यो फैलिसकेको छ । यसलाई यो शताब्दीको सबैभन्दा ठूलो महामारीको रुपमा लिइएको छ । अल्पविकसित वा कम विकसित मुलुकमा मात्र होइन, शाक्तिशाली मुलुकहरु पनि यसबाट नराम्री प्रभावित भएका छन् । यसको प्रभावलाई रोक्न, न्यूनीकरण र नियन्त्रण गर्नका लागि नेपाल जस्ता देशहरुलाई आर्थिक, राजनीतिक र साँस्कृतिक रुपले निकै समस्या परेको छ । भारतजस्तो लोकतान्त्रिक तथा विशाल जनसङ्ख्या भएको देशमा पनि अप्ठ्यारो स्थिति सिर्जना भएको छ । त्यही भएर यसको प्रभावबाट बच्नका लागि हामी गर्ने काम भनेको विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिका र निर्देशनलाई पालना गर्ने र तत्काल मास स्केलमा स्वास्थ्य परीक्षण गर्ने नै हो ।

कोरोनाको महामारीबाट के पाठ सिक्नुपर्छ ?

–यस खालको महामारीले एउटा ठूलो पाठ के सिकाएको छ भने जुनबेला पनि जस्तोसुकै परिस्थिति आउनसक्छ, त्यसका लागि हामी सधैँ तयारी अवस्थामा रहनुपर्छ । स्वास्थ्य संगठनलाई सुदृढ र जनशक्तिको व्यवस्थापन, भौतिक साधन र स्वास्थ्य उपकरणको व्यवस्थापन गरेर सधैँ तयारी अवस्थामा राख्नुपर्छ । स्वास्थ्य क्षेत्रमा कुनबेला के समस्या आउँछ भनेर पर्खने होइन, जतिबेला पनि आउँछ, त्यतिबेला मुकाबिला गरेर अगाडि बढ्न तयार रहनुपर्छ । यही ठाउँमा आएर राज्य चुकेको छ । शुरुवातमा चीनमा यो रोग महामारीको रुपमा फैलिए पनि त्यहाँ जनशक्ति र उपकरणको उचित व्यवस्था भएका कारण त्यसलाई समयमा नै नियन्त्रणमा लिनसक्यो । जपान, कोरिया, सिंगापुर, भियतनाम लगायत विभिन्न मुलुकमा राज्यले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेकै कारण यसलाई नियन्त्रणमा लिन सफल भएको छ । तर नेपालमा लापरवाही भयो । चीनलगायत अन्य मुलुकमा यो भाइरस फैलिसक्दा, यहाँ आएको छैन भन्दै लापरवाही गरियो । अर्कोतिर, स्वास्थ्य संस्थाहरु डुब्दै गएको छ । नेपालमा सबभन्दा बढी बर्बाद भएको स्वास्थ्य संस्था र शैक्षिक संस्था नै हुन् ।

यसअघि त तपाई नै स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो, यस्तो आकस्मिक अवस्था आउन सक्छ भनेर कुनै तयारीका काम किन गर्न सक्नु भएन त ?

–म स्वास्थ्यमन्त्री भएको बेला निकै ठूला प्रयासहरु गरेको थिएँ । त्यो अहिले पनि हेर्दा र बुझ्दा हुन्छ । त्यसमध्ये कतिपय कुरा कार्यान्वयन हुन समय लाग्छ । टेकुमा रहेको प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको ल्याबमा परिणत गर्ने मेरो प्रयास थियो । प्रत्येक प्रदेशमा राष्ट्रियस्तरको ल्याब बनाउने योजना थियो । प्रत्येक प्रदेशमा उच्चस्तरका स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासहरु भइरहेको थियो । तर, त्यसमा प्रधानमन्त्रीबाट नै सहयोग भएन । त्यतिबेला त्यसलाई अगाडि बढाएको भए अहिले त्यो काम लाग्ने थियो नि त ।

कोरोनाको पहिलो केस नेपालमा देख्दा, त्यो परीक्षण नेपालमा हुन सकेन । बाहिरबाट परीक्षण गराएर ल्याउनुप¥यो । अहिले पनि उपकरणहरु बाहिरबाट ल्याएर जाँच शुरु गरेको छ । अहिले पनि हामी प्रयोगशालाका समानहरु खोज्दैछौँ । त्यसमा पनि विभिन्न प्रश्नहरु खडा भएका छन् । त्यसैले स्वास्थ्य संगठनहरुलाई बलियो बनाउनुपर्छ । मैले ल्याएका योजनाहरुलाई ठीक ढंगबाट अगाडि बढ्न दिएको भए सायद अहिले जुन समस्या झेलिरहेको छ, त्यो झेल्नु पर्दैनथ्यो । तर राज्यको नियत नै ठीक नभएपछि आखिरमा दुःख पाउने जनताले नै हो ।

विश्वभरी फैलिएको कोरोनाभाइरसको कारण राजनीतिक तथा आर्थिक अवस्थामा कस्तो असर पार्न सक्छ ?

–यसको प्रभाव विश्वकै राजनीतिक र आर्थिक क्षेत्रमा पर्ने भयो । अविकसित र कम विकसित मुलुकमा झन् बढी पर्छ । विकसित मुलुकहरु राजनीतिक र आर्थिक रुपमा थला परे पनि त्यसलाई म्यानेज गर्न सक्ने क्षमताका छन् तर अविकसित मुलुकहरु थाला प¥यो भने त्यसलाई उठ्न निकै गाह्रो हुन्छ । आर्थिक रुपले विपन्न मुलुकका विपन्न जनताहरु यसको ठूलो मारमा परिरहेका छन् । नेपालकै कुरा गर्ने हो भने जो गरिब छन्, बेरोजगार छन् र दैनिक ज्यालादारीमा काम गर्नेहरु अहिले नै प्रभावित हुन थालिसके । जीवन निर्वाह गर्न गाह्रो भइसक्यो ।

अर्कोतिर किसानहरु पनि प्रभावित भएका छन् । किसानहरु अहिले गहुँ लगायत अन्य नगदे बाली पनि भित्र्याउन सकिरहेका छैनन् । पोल्ट्री व्यवसायी, दुग्ध व्यवसायी, दाना उद्योग धरासायी अवस्थामा छ । बजारमा कालबजारी भइरहेको छ । कृत्रिम अभाव सिर्जना गरिएको छ ।

सरकारले अहिले आपूर्ति र वितरण प्रणालीलाई सुदृढ बनाउनु पर्छ । तर यसमा पनि सरकार असफल भएको छ । सरकारले लागु गरेको लकडाउन जनताले मानिदिएका छन् भन्दैमा सरकारले कुनै बहादुरी मान्नुहुँदैन । लकडाउनमा साथ दिएका जनताको स्वास्थ्यलाई कसरी ख्याल गर्ने, उसलाई कसरी उपचार गर्ने, त्यसप्रति सरकारले ध्यान दिनुपर्छ । कोरोनाबाहेकका पनि बिरामीहरु छन्, जसले अहिले उपचार पाइरहेका छैनन् । अस्पतालहरुले बिरामी भर्ना गर्न मानिरहेका छैनन् । कोरोनाभन्दा अन्य रोगले नै मान्छे मर्ने हो कि भन्ने पनि चिन्ता बढ्न थालेको छ ।

जनतालाई राज्यले सुविधा दिनुपर्ने ठाउँमा जिम्मेवार व्यक्तिहरु कमिशन खान मस्त छन् । मैले एउटा अखबारमा समाचार पढेको थिएँ, नेपालमा नीजि क्षेत्रबाट पीपीई किनेर ल्याउने हो भने ३३ सय पर्छ तर त्यही पीपीई राज्यले खरिद ग¥यो भने १०–१२ हजार पर्छ । यस्तो किसिमको गोलमालहरु भइरहेका छन् । यसलाई नियन्त्रण गर्न आवश्यक छ । अहिले सबै कुरा रोकेर जनताको स्वास्थ्यमा ध्यान दिनुपर्ने हो ।

तपाईं एउटा राजनीतिककर्मी हुनुहुन्छ, भविष्यमा राजनीतिक क्षेत्रमा कस्तो असर पर्ने देख्नुहुन्छ ?

–राज्यको असफलताले गर्दा राज्यमाथि प्रश्न खडा हुन्छ नै । अर्को कुरा, राजनीतिक रुपमा एकतावद्ध भएर यो महामारीसँग जुध्नुपर्छ । राजनीतिक रुपमा यो सरकारलाई पूर्ण समर्थन र सहयोग छ । तर सरकार स्वयम् सहयोग लिन चाहेको देखिदैँन । सरकारको मानसिकता नै त्यस्तो देखिएन । सरकार राजनीतिक दलहरुबाट सहयोग लिन नचाहेको जस्तो देखिएको छ । सत्तारुढ नेकपाकै कतिपय नेताहरु सरकारको काम कारवाही प्रभावकारी भएन भनि आलोचना गरिरहेका छन् ।

तपाईंको दलले यसमा सहयोगका लागि कुनै प्रकारको प्रकृया अगाडि बढाएको छ र ?

–हामीले निश्चित रुपमा सरकारलाई खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छौँ । प्रधानमन्त्रीसँगको बैठकमा पनि हामीले त्यही भनेका छौँ । सर्वपक्षीय विज्ञहरुको टोली बनाउने प्रयास पनि भइरहेको छ । यो राजनीतिसँग सम्बन्धित मात्र नभएर साँस्कृतिक, आर्थिक, वितरण, आपूर्तिसँग सम्बन्धित विषय पनि हो । यी सबैलाई मिलाएर एउटा कोर कमाण्ड टीम बनाएर एउटै कमाण्डबाट अगाडि नबढेसम्म नेपाली जनतालाई यो दुःखबाट बचाउन सकिदैँन ।

अमेरिका, इटली, फ्रान्स, भारतजस्ता देशहरुले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकिरहेका छैनन् भने नेपालजस्तो अविकसित देशले कसरी सक्छ भन्ने प्रश्न खडा भइरहेको छ, यसमा तपाईको बुझाई के छ ?

–व्यवस्थापन मिलाउने हो भने नसकिने कुरा हुँदैन । भियतनाम कसरी सफल भयो त्यो त धेरै विकसित देश होइन नि । मंगोलियाले कसरी सफल भयो ? सकिरहेका छन् नि । जुन देशले लापरवाही ग¥यो त्यहाँ अलि बढी खतरा छ, जुन देश शुरुदेखि सजग र सचेत रह्यो, त्यसले नियन्त्रण गर्न सफल भयो । गर्न सकिन्न भने कुरा होइन ।


प्रदेशमा साधन स्रोत केही छैन । न आफ्नो पुलिस छ न आफ्नो पियन छ । यो अवस्थामा कसरी काम गर्न सकिन्छ ? यो अवस्था बनाउनु नै ठूलो पागलपन हो र गलत कार्य हो । यस कार्यलाई सुधार्नुपर्छ । दोस्रो कुरा के हो भने प्रदेश २ लगायत अन्य प्रदेशका सरकारले काम गर्न चाहन्छन्, जति सक्दो आफ्नो जनतलाई सुरक्षित राख्ने, राहत दिन चाहन्छन् तर सोही अनुसारको सहयोग केन्द्रबाट भइरहेको छैन ।


तपाईं स्वास्थ्यमन्त्री भइसक्नु भएको छ, स्वास्थ्य संगठनहरुको संयन्त्रका बारेमा तपाईलाई पनि थाहा भइसकेको छ । अहिलेको अवस्थामा जे जे हुनु थियो– भइसक्यो, अब स्वास्थ्य मन्त्रालयले यसलाई नियन्त्रण गर्न तत्कालै गर्नुपर्ने काम के हो ?

–अब मास (बहुसंख्यक) रुपमा यसको परीक्षणको काम थालिहाल्नुपर्छ । यसमा अब अलिकति पनि ढिला गर्नुहुँदैन । अर्को कुरा, स्वास्थ्य संस्था अर्थात् अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउनुपर्छ । उनीहरुलाई उपकरण दिनुको साथै अन्य सुविधाहरु पनि दिनुपर्छ । फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मीहरुको आत्मबल बढाउने काम गर्नुपर्छ । बिमाका सुविधा लगायतका सुविधाहरु दिनुपर्छ । उनीहरु सुरक्षित रुपमा कसरी काम गर्न सक्छन् भन्नेमा ध्यान दिनुपर्छ । पहिलादेखि थुप्रै बिरामीहरु अस्पताहरुमा छन् । उनीहरुलाई कोरोनाभाइरस लाग्यो भने निकै ठूलो समस्या हुन्छ । त्यसैले उनीहरुको उपचारमा पनि सरकारले ध्यान दिनुपर्छ । देशमा अहिले दक्ष जनशक्तिको आवश्यकता पनि देखिएको छ । स्वास्थ्य क्षेत्रबाट रिटायर्ड भइसकेकाहरुलाई पनि तत्काल काममा लगाउन सकिन्छ ।

तपाईंकै समाजवादी पार्टीको नेतृत्वमा प्रदेश २ मा सरकार छ, त्यहाँ पनि जनताले गरेको आशा भरोसा अनुसार सरकारले काम गरिरहेको छैन भनि आलोचनाहरु भइरहेका छन्, यसमा के भन्नुहुन्छ ?

–प्रदेशमा साधन स्रोत केही छैन । न आफ्नो पुलिस छ न आफ्नो पियन छ । यो अवस्थामा कसरी काम गर्न सकिन्छ ? यो अवस्था बनाउनु नै ठूलो पागलपन हो र गलत कार्य हो । यस कार्यलाई सुधार्नुपर्छ । दोस्रो कुरा के हो भने प्रदेश २ लगायत अन्य प्रदेशका सरकारले काम गर्न चाहन्छन्, जति सक्दो आफ्नो जनतलाई सुरक्षित राख्ने, राहत दिन चाहन्छन् तर सोही अनुसारको सहयोग केन्द्रबाट भइरहेको छैन ।

अन्त्यमा, काँग्रेसका विभिन्न नेताहरुबाट मध्यावधि चुनाव कुरा आइरहेको छ, सर्वदलीय सरकारको कुरा आइरहेको छ, अहिलेको अवस्थामा यो कति सम्भव छ ?

–कति सम्भव, कति असम्भव, यो पछिको कुरा हो । त्यसमा पछि छलफल गर्न सकिन्छ तर अहिले मुलुकमा देखापरेको कोरोनाभाइरसको संकटबाट जनतालाई कसरी बचाउन सकिन्छ, त्यतापट्टी लाग्नुपर्छ । अहिलेको आवश्यकता भनेको एकताबद्ध भएर यो महामारीविरुद्ध लड्ने नै हो । यो कामलाई प्राथमिकतामा राख्नुपर्छ, अरु काम पछि पनि गर्न सकिन्छ । 

ad

यो पनि पढौँ

विश्वकपका लागि अहिलेसम्म १८ लाख टिकट अग्रिम बुकिङ

dipesh wyanju

भारतका प्रधानमन्त्री मोदी युएइ भ्रमणमा 

कोर्पोरट आवाज डट कम

लकडाउन मोडालिटीबारे आज ठोस निर्णय हुन्छ : प्रधानमन्त्री ओली

कोर्पोरट आवाज डट कम

Leave a Comment