२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
राजनीति समाचार

माधव नेपालका सांसदहरू शेरबहादुरको पाउमा गएर भोज खाँदैछन्: नेता बस्नेत

banner

भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सांसदहरू शेरबहादुर देउवाको सरकारमा गएर भोज खाइरहेको खाएको बताएका छन् । नेता बस्नेतले नेकपा एमालेको जिल्ला संगठन समिती भक्तपुरले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले पछिल्लो समय नेपाल समर्थित सांसदले शेरबहादुर देउवाकाेमा गएर भोज खाएको र त्यसकिसिमको भोजलाइ कम्युनिष्ट आन्दोलनमा काट्टो खान गएको भन्दै आलोचना गरेका छन् । 

नेता बस्नेतले उक्त अवसरमा नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको कम्युनिष्ट आन्दोलनबाट विचलित, प्रदुषित भएको दावी गरेका हुन् । माधव, प्रचण्डको आकांक्षाले मुलुकलाई नै सिंगो दाउमा राख्ने काम भएको उल्लेख गर्दै नेता बस्नेतले सैद्धान्तिक र बैचारिक रुपमा भ्रम छर्ने काममा हिडेको आरोप लगाए ।

उनले भने, ‘माधव नेतृत्वमा सांसद तथा केन्द्रीय कमिटीमा विचलित भएको होलान् तर ग्रासका जनता तथा कार्यकर्ता विचलित भएका छैनन् । राजखलकहरुमा त पुरोहितलाई काट्टो खुवाउने चलन छ । काट्टो खानेलाई चारखाल वा थानकोट कटाउने परम्परा रहेको छ । विरेन्द्रको पनि काट्टो खानेलाई समाजले घृणा गर्यो । आज माधव नेपालका सांसदहरु शेरबहादुर देउवाको पाउमा गएर त्यो भोज खाँदैछन् । त्यो भनेको कम्युनिष्ट आन्दोलनमा काट्टो खान गएको हो । जसलाई एक-एक गरेर चिन्न आवश्यक छ ।’

त्यस्तै नेता बस्नेतले भारतीय एसएसवीले तुइन काट्दा नेपाली युवा जयसिंह धामीको मृत्यु भएकोमा सरकार मौन बसेको भन्दै आक्रोस जनाए । एक महिनासम्म पनि उक्त घटनाको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न नसक्नु सरकारले गंभिर गल्ती गरेको उल्लेख गर्दै उनले सरकारले उक्त घटनाको छानविनको लागि बनाएको आयोगले के गर्यो भनि प्रश्न गरे । अफगानिस्तानमा १५ हजार नेपाली अलपत्र परिरहेको र उक्त कार्यमा नेपालका मन्त्रीहरु नेपाली जहाज लिएर अफगानिस्तान जान किन नसकेको भनि प्रश्न गरे ।

उनले भने, ‘महाकाली नदिनमा भारतीय एसएसवीले तुहिन काटी नेपाली युवा जयसिंह धामीको मृत्यु भएको एक महिना भयो । १० दिनको भनि बनाएको आयोगले के गर्यो ? वर्तमान सरकार कहाँ छ ? गृहमन्त्री बालकृष्ण खाँड कहाँ छन्, प्रधानमन्त्री शेरबहादुर देउवा कहाँ छन् ? जनताले खोजीरहेका छन् । १५ हजार नेपाली अफगानिस्तानमा अलपत्र परिरहेका छन् । अमेरिका, भारतलगायतका मुलुकहरुले विशेष सेना लगेर फिर्ता गरिरहेको छ । नेपाली मन्त्रीहरु नेपाली जहाज लिएर अफगानिस्तान जाने हिम्मत किन गरिरहेका छैनन् ? यदी केपी ओलीको नेतृत्वमा सरकार भएको भए विगतमा झैं २४ घण्टामा उद्धार भइसक्थ्यो ।’

नेपालको कम्युनिष्ट आन्दोलनलाई मिलेर अगाडी बढाउँछु भन्ने नभई निलेर अगाडी बढाउँछु भन्ने गलत सोचका साथ अध्यक्ष प्रचण्ड हिँडेको आरोप लगाउँदै नेता बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनलाई निलेर नेता बन्न खोज्दा प्रचण्डलाई अहिले घाँटिमा गएर गलपासो बनेको बताए । अब प्रचण्ड सदा सदाको लागि विदा गर्ने र भावी पुस्ताले इतिहासमा पढ्नमात्र पाउने उल्लेख नेता बस्नेतले प्रचण्ड भूमाफिया, भ्रष्ट, अरबपति, व्यापार व्यवसायी, आफन्तलाई मन्त्रीदेखी मेयर बनाउन लागेकाले प्रचण्डको पार्टी इतिहासमा सक्किएर गयो, खुम्चिएर गयो भनि इतिहासमा पढ्नुपर्ने दिन आउने बताए ।

विगतमा एमालेलाई माओवादीले भाई कांग्रेस भन्ने गरेको तर अहिले माओवादी भाई कांग्रेस भएको उल्लेख गर्दै नेता बस्नेतले इतिहासले गंभिर समिक्षा गर्ने बताए । प्रचण्डले क्रान्तिकारी पना समाप्त गरेको आरोप लगाए ।

भक्तपुरमा कांग्रेसलाई एक चौथाई भोटमा सिमित गर्न सकिने उल्लेख गर्दै उनले भने, ‘२०७४ को निर्वाचनमा भक्तपुरमा कांग्रेसले १८ हजार तथा एमालेले ३६ हजार ल्याएर विजयी भएको थियो । आगामी निर्वाचनमा एक चौथाईमा सिमित गर्ने गरी जनलहर पैदा भएको छ । त्यसैले कांग्रेसलाई एक चौथाई भोटमा सिमित गर्न सक्छौं । हजारौं युवाहरु एमालेमा प्रवेश गर्ने लहर चलेको छ । यो नै काफि छ कि भक्तपुरमा एमालेको क्रेज कति छ भनेर ।’

ओली नेतृत्वको सरकारले विना धितो महिला, दलित, शैक्षिक प्रमाणपत्र, प्रधानमन्त्री रोजगार कार्यक्रम, सुरुङमार्ग, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, हवाई मार्ग, जलमार्ग, नाकावन्दीको सामाना गरेको, भारतको एकाधिकार तोडेको, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटेको र फिर्ता ल्याउने प्रकृयामा अघि बढेको, ठूला ठूला राजमार्ग, कृषिलाई आधुनिकिकरण गर्ने लगायतका असंख्य मुलुकलाई समृद्ध बनाउने कार्यमा ओली नेतृत्वको सरकार लागि परेको उल्लेख गर्दै नेता बस्नेतले एक वर्षमा ओली नेतृत्वको सरकारले ११ सय मेगावट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडेको दावी गरे ।

उक्त कार्यक्रममा माओवादी तथा कांग्रेस परित्याग गरी दुई सयभन्दा बढी युवाहरु एमालेमा प्रवेश गरको थिए ।

ad

यो पनि पढौँ

अष्ट्रेलियन प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी संकटमा

कोर्पोरट आवाज डट कम

कोरोनाको नयाँ भेरियन्ट : नाम जिटा, इटा र थिटा

कोर्पोरट आवाज डट कम

कोभिड बिरुद्धको लडाईमा भक्तपुरबासीको अटुलनिय सहयोग

कोर्पोरट आवाज डट कम