२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

नागढुंगामा कारबाट करिब ४ करोड बरामद, चार चिनियाँसहित पाँचजना पक्राउ

banner

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित मंगलबार बिहान ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४ जना चिनियाँ नागरिक छन् । उनीहरूको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन् ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाएर ल्याएको उक्त नगद फेला पारी चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ad

यो पनि पढौँ

राष्ट्र बैंकका अधिकारीलाई १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी सहितको फोन र म्यासेज

कोर्पोरट आवाज डट कम

असार मसान्तपछि बैंक: व्यापार भए अनुसार ऋण पनि उठ्यो, तर स्प्रेडले नाफा खाइदियो

कोर्पोरट आवाज डट कम

सुनचाँदीको मूल्य स्थिर

Corporate Aawaj