२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

एकै लटमा दुई आइजीको टुंगो, डिआइजी बढुवा

banner

काठमाडौं । नेपाल प्रहरीले अबको ९ महिनापछि हुने आइजीपीसँगै त्यसपछिको साढे पाँच महिने आइजीपी पनि टुंगो लगाउँदै बढुवा सिफारिस सूची प्रकाशित गरेको छ ।एसपीबाट एसएसपी बढुवामा आफ्ना सम्पूर्ण व्याचीलाई उछिन्दै एक नम्बरमा पुगेका सन्दिप भण्डारीलाई बसन्तबहादुर कुँवरले डिआइजी बढुवामा उछिनेर पहिलो नम्बर कायम गरेका छन् । यस आधारमा उनलाई भावी आइजीका रुपमा हेर्न थालिएको छ ।
एसएसपीमा बढुवा हुँदा एक नम्बरमा रहेका सन्दिप डिआइजी बढुवा हुँदा ६ मा पुगेका छन् । कुँवर र भण्डारी एउटै भर्ना मितिका अधिकृत हुन् । उनीहरु २०५१ चैत ५ गते इन्स्पेक्टरमा भर्ना भएका थिए । त्यही भर्ना मितिका टेकप्रसाद राई दोस्रो नम्बरमा रहेर डीआईजीका लागि सिफारिस भएका छन्। यसअघि एसपीबाट एसएसपीमा पनि उनी दोस्रो नम्बरमा थिए। अशोक सिंह तेस्रो नम्बरमा बढुवा सिफारिस भएका छन् ।

सिंह २०५२ भदौ १९ मा इन्स्पेक्टरमा नियुक्त टोलीबाट दीपक थापा अगाडि आएका छन् । उक्त भर्ना मितिका सुदिप गिरी आठौं, टेकबहादुर तामाङ दशौं, भीमप्रसाद ढकाल बाह्रौं नम्बरमा बढुवा सिफारिस भएका छन् । थापा ०७५ फागुन ७ मा एसएसपी बढुवा हुँदादेखि आफ्नो टोलीबाट अगाडि आएका हुन् । अब वरियता नमिचिएको अवस्थामा ०५१ चैत ५ मा भर्ना भएको टोलीबाट एकजनाले ०८१ चैत ५ गतेसम्म आइजीपीका रुपमा संगठन चलाएपछि ०८२ भदौ १९ सम्म आइजीपी चलाउने चार दावेदार तयार भएका छन् । त्यसमध्ये डिआइजी बढुवामा दीपक थापाले अग्रता लिएका हुन् ।
नेपाल प्रहरीमा एआइजीबाट आइजीपी बनाउनका लागि वरिष्ठतालाई आधार मानिँदैन । तर, डिआइजीबाट आइजीपी बनाउन भने डिआइजी बढुवाको वरिष्ठतालाई आधार मानिन्छ । त्यसअनुसार, अब ९ महिनापछि आइजीपी हुनुपर्ने ०५१ को टोली डिआइजीबाट सीधै आइजी हुँदैछ । तर, उक्त टोलीले संगठनको नेतृत्व गरिरहँदा पछिल्लो टोलीबाट एआइजीको एकमात्र सीट अहिलेकै बढुवाले ओगट्ने संकेत दिएको छ ।

अहिले बढुवा भएका १७ डिआइजीमध्ये १३ जना ०५१ सालको टोली छ । उक्त टोलीको बीचमा, अर्थात् चौथो नम्बरमा ०५२ का दीपक थापा छिरेका छन् । उक्त टोलीबाट एकजना आइजीपी भएपछि एआइजी हुने पाँचमध्ये दीपक थापा तेस्रो एआइजी हुने सम्भावना छ । यदि त्यस्तो भयो भने उनी ०८१ चैतमा निर्विकल्प आइजीपी हुने छन् । तर, एआइजी बढुवामा उनलाई उछिनेर गिरी, तामाङ र ढकालहरु अगाडि गए भने जो अगाडि हुन्छन्, उनै आइजी बन्ने सम्भावना रहन्छ ।
अहिले बढुवा सिफारिसमा पर्ने डिआइजीमध्ये सबैभन्दा माग्यमानी हुन्, अशोक सिंह । उनी इन्स्पेक्टरबाट डिएसपी बढुवा हुँदादेखि नै व्याचबाट पछाडि पारिएका थिए । उनको व्याचको पहिलो टोली ०६३ भदौ ८ मा डिएसपी बढुवा भएको थियो भने सिंहसहितको टोली भने ०६४ साउन १ मा डिएसपी भएको हो । एसपी हुँदा उक्त व्याचबाट पहिलो लटमा ०७१ फागुन १० को बढुवामा सिंह थिएनन् । उनी ०७२ फागुन १९ मा एसपी भएका हुन् । एसएसपी बढुवामा पनि उनी दोस्रो लटका थिए । तर, डिआइजी बढुवामा पहिलो लटमात्रै हैन, उस्तै परे आइजीपी हुने वरियता कायम गरेका छन् ।
एसपीबाट एसएसपी बढुवामा दोस्रो लटमा परेका दुर्गा सिंह र किरण राणाले डिआइजी बढुवामा न्याय पाएका छन् ।
छुट्नेमा थुप्रै
दुई भर्ना मिति र बढुवा समूहका थुप्रै अधिकृतहरु डिआइजी बढुवामा बञ्चित भएका छन् । ०७५ फागुन ७ मा एसएसपी बढुवा हुने टोलीका सबैले डिआइजी हुने मौका पाए । एसएसपी बढुवाको दोस्रो सूचीका अशोक सिंह, किरण राणा, दुर्गा सिंह र सुदिप गिरी डिआइजी बढुवामा परेका छन् ।

तर, त्यही टोलीका थुप्रै अधिकृतहरु अझै एसएसपीमै थन्किएका छन् । बढुवामा छुट्ने ०५१ का इन्स्पेक्टरहरु भरतबहादुर बोहरा, रबिन्द्र केसी, कुबेर कडायत, केदार ढकाल, बिष्णुकुमार केसी, जनक भट्टराई, विकासराज खनाल, अर्जुन चन्द ठकुरी, भोलाबहादुर रावल, ध्रुवराज राउतसहितका छन् ।

०५२ मा नियुक्ति पाएका इन्स्पेक्टरमध्ये राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, अनुरागकुमार द्विवेदी, चन्द्रकुबेर खापुङ्ग, मधुसुधन लुईटेल, डिल्लीराज पन्त, मोहनप्रसाद पोखरेलसहितका छन् ।

बढुवा सिफारिस भएका १७ जना एसएसपीहरुको भर्ना मिती र जन्म मिती-

भर्ना मिति – २०५१/१२/०५

१. बसन्तबहादुर कुँवर, जन्म मिति– २०२६ /१२/१५
२. टेकप्रसाद राई, जन्म मिति– २०२७/०५/२२
३. अशोक सिंह, जन्म मिति– २०२५ /०९/ १६
५. श्यामलाल ज्ञवाली, जन्म मिति– २०२५ /०५/ २६
६. किरण बज्राचार्य, जन्म मिति– २०२५ /१०/१६
७. सन्दिप भण्डारी, जन्म मिति– २०२५ /०१/०५
९. मीरा चौधरी थारु, जन्म मिति– २०२५/०१/०७
११. उमेशराज जोशी, जन्म मिति– २०२५/ ०३/ १९
१३. रामदत्त जोशी, जन्म मिति– २०२५ /०७/ १८
१४. पोषराज पोखरेल, जन्म मिति– २०२५ /०३/ २१
१५. बुद्धिराज गुरुङ, जन्म मिति– २०२६ /०७/ ३०
१६. दुर्गा सिंह, जन्म मिति– २०२७/०६/ १०
१७. किरण राणा, जन्म मिति– २०२५ /०७/ १६

भर्ना मिति- २०५२ /०५/ १९ 
४. दिपक थापा, जन्म मिति– २०२८ /०८/ ८
८. सुदिप गिरी, जन्म मिति– २०२७ /०१/ १९
१०. टेकबहादुर तामाङ, जन्म मिति– २०२७/०५/ २९
१२. भीमप्रसाद ढकाल, जन्म मिति– २०२५ /०८/ २८

ad

यो पनि पढौँ

थुनिएको मर्स्याङदी नदी खुल्यो, सबैलाई सतर्क रहन प्रशासनको अपील

कोर्पोरट आवाज डट कम

भक्तपुरको ख्वप अस्पतालमा एक साताभित्र अक्सिजन उत्पादन सुरु हुने

कोर्पोरट आवाज डट कम

एनप्याब्सनले अमर, गरिब र अशक्त प्रहरीका छोराछोरीलाई निःशुल्क पढाइदिने

कोर्पोरट आवाज डट कम