५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सूचना प्रविधि

प्रतिलिपि अधिकार उल्लघंन गरेको भन्दै इमेलबाट र्‍यानसमवेयर आक्रमण

banner

ह्याकरहरुले इमेलमा प्रतिलिपि अधिकार उल्लघंन गरेको भन्दै लकबिट र्यान्समवेयरबाट संक्रमित गराउँदै गएको पाइएको छ । कोरियामा रहेको आनल्याबका विश्लेषकका अनुसार प्रतिलिपि अधिकार उल्लघंन गरेको भनेर इमेलमा चेतावनी दिदै ह्याकरहरुले इमेल पठाउने गरेका छन् ।

यस्तो इमेलमा प्रापकलाई वेबसाईटबाट आफ्नो कन्टेन्ट नहटाएमा कानूनी कारवाही हुने बताइएको हुन्छ । सो इमेलमा प्रतिलिपी अधिकार उल्लघंन गरिएको कन्टेन्ट हेर्न अट्याच गरेको फाइल क्लिक गर्नुहोस् भनिएको हुन्छ । त्यसपछि त्यसमा क्लिक गरे प्रयोगकर्ताको डिभाइस लकबिट र्यान्समवेयरबाट संक्रमित हुने जनाइएको छ ।

अट्याचमेन्ट पासवर्डद्वारा सुरक्षित जिप अर्काइभ फाइल हुने गर्दछ । यो पिडिएफ डकुमेन्ट जस्तै देखिने गर्दछ तर वास्तविकमा यो एक एनएसआईएस इन्स्टलर मात्रै हो । यो फाइल क्लिक गरेमा लकबिट २.० इन्स्टल हुन्छ, जसले गर्दा डिभाइस अब ह्याक हुन पुग्छ ।

ad

यो पनि पढौँ

दुई नयाँ फोन ए५७ र ए७७ सार्वजनिक गर्दै ओप्पो

कोर्पोरट आवाज डट कम

एनटीसीको सिस्टममा समस्या,टेलिफोन सेवा अवरुद्ध

कोर्पोरट आवाज डट कम

विश्वभर चर्चित क्लबहाउस सामाजिक सञ्जाल के हो र यसमा कसरी जोडिने ?

कोर्पोरट आवाज डट कम