२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सूचना प्रविधि

प्रतिलिपि अधिकार उल्लघंन गरेको भन्दै इमेलबाट र्‍यानसमवेयर आक्रमण

banner

ह्याकरहरुले इमेलमा प्रतिलिपि अधिकार उल्लघंन गरेको भन्दै लकबिट र्यान्समवेयरबाट संक्रमित गराउँदै गएको पाइएको छ । कोरियामा रहेको आनल्याबका विश्लेषकका अनुसार प्रतिलिपि अधिकार उल्लघंन गरेको भनेर इमेलमा चेतावनी दिदै ह्याकरहरुले इमेल पठाउने गरेका छन् ।

यस्तो इमेलमा प्रापकलाई वेबसाईटबाट आफ्नो कन्टेन्ट नहटाएमा कानूनी कारवाही हुने बताइएको हुन्छ । सो इमेलमा प्रतिलिपी अधिकार उल्लघंन गरिएको कन्टेन्ट हेर्न अट्याच गरेको फाइल क्लिक गर्नुहोस् भनिएको हुन्छ । त्यसपछि त्यसमा क्लिक गरे प्रयोगकर्ताको डिभाइस लकबिट र्यान्समवेयरबाट संक्रमित हुने जनाइएको छ ।

अट्याचमेन्ट पासवर्डद्वारा सुरक्षित जिप अर्काइभ फाइल हुने गर्दछ । यो पिडिएफ डकुमेन्ट जस्तै देखिने गर्दछ तर वास्तविकमा यो एक एनएसआईएस इन्स्टलर मात्रै हो । यो फाइल क्लिक गरेमा लकबिट २.० इन्स्टल हुन्छ, जसले गर्दा डिभाइस अब ह्याक हुन पुग्छ ।

ad

यो पनि पढौँ

साउनदेखि आईएमईआई नम्बर दर्ता नभएका चलिरहेका मोबाइल पनि बन्द हुने

कोर्पोरट आवाज डट कम

डिजिटल बैंकिङको जोखिमबारे भएन वित्तीय साक्षरता

कोर्पोरट आवाज डट कम

टेलिकमका सिममा एनआईसी एसिया बैंकको मोबाइल एपलाई निःशुल्क इन्टरनेट

कोर्पोरट आवाज डट कम