४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार सूचना प्रविधि

टेलिकमका सिममा एनआईसी एसिया बैंकको मोबाइल एपलाई निःशुल्क इन्टरनेट

banner

काठमाडौं । अब नेपाल टेलिकमका ग्राहकले एनआईसी एसिया बैंकको मोबाइल एप निःशुल्क प्रयोग गर्न पाउने भएका छन् । त्यसका लाग नेपाल टेलिकम र बैंकबीच गएको असार ७ गते सम्झौता भएको छ ।

सम्झौता अनुसार एनआईसी एसिया बैंकका प्रयोगकर्ताले मोबाइल बैंकिङ एप प्रयोग गर्दा लाग्दै आएको डेटा शुल्क अब तिर्नुपर्ने छैन् । यो सेवा सोमबारबाट कार्यान्वयनमा आइसकेको टेलिकमले जनाएको छ । सोमबारबाट एनआईसी एशिया बैंकका प्रयोगकर्ताले निशुल्क रुपमा मोबाइल एप प्रयोग गर्न पाएका छन् ।

यसरी ग्राहकलाई मोबाइल बैंकिङ प्रयोग गर्दा निःशुल्क लागेपनि त्यसबापतको शुल्क भने बैंकले टेलिकमलाई उपलब्ध गराउने गरी सम्झौता भएको उल्लेख छ ।

यसअघि नेपाल टेलिकमले यस्तै खालको सम्झौता करिब ७ महिना अघि ग्लोबल आईएमई बैंकसँग गरेको थियो । भने, केही समय अघिमात्रै नेपाल बैंकसँग पनि यस्तै सम्झौता भएको टेलिकमले जनाएको छ ।

ad

यो पनि पढौँ

सिके गोल्छा समूहले ल्याउँदैछ स्टील उद्योग, साढे ५ अर्ब लगानीको प्राइम स्टील दर्ता

कोर्पोरट आवाज डट कम

आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ उडान, कहाँ थपियो ?

कोर्पोरट आवाज डट कम

नेसनल लाइफद्वारा सरकारी कोषमा ५१ लाख सहयोग

कोर्पोरट आवाज डट कम