४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

विश्वकपका लागि अहिलेसम्म १८ लाख टिकट अग्रिम बुकिङ

banner

काठमाडौं । यही वर्षको नोभेम्बर-डिसेम्बरमा हुन गइरहेको विश्व कप फुटबल प्रतियोगिताका लागि हाल सम्म १८ लाख भन्दा बढी अग्रिम टिकट विक्री भइसकेको फिफाले जनाएको छ ।

अग्रिम टिकट विक्रीको पहिलो चरणमा नै उक्त टिकटहरू विक्री भएको र दोस्रो चरणको टिकट विक्री आगामी जुलाई पाँचदेखि सुरु हुने फिफाले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार आगामी फिफा विश्वकपका लागि आयोजक देश रहेको कतारका स्थायी बासिन्दाका लागि छुट्टै टिकट खरिद व्यवस्था गरिएको कारण अत्यधिक टिकट खरिद गर्ने देशहरू मध्य कतार सबै भन्दा शीर्ष स्थानमा रहेको छ ।

कतार बाहेक क्यानडा, इङ्ल्याण्ड, फ्रान्स , जर्मनी, स्पेन, भारत, युएई तथा अमेरिकाबाट पनि अत्यधिक मात्रामा टिकट खरिद भएको छ ।

फिफाका अनुसार यो पटकको विश्वकपमा कुल तीस लाख टिकट विक्री हुने अनुमान गरिएको छ ।

दोस्रो चरणको टिकट विक्री अगस्ट १६ सम्म जारी रहनेछ ।

टिकट कन्फरमेसनको लागि फिफाले ‘फस्ट कम फस्ट सर्भ’ विधि अपनाएको छ ।

ad

यो पनि पढौँ

बिजुलीको महसुल तिर्नु भयो, नत्र २५ प्रतिशत अतिरिक्त जरिवानामा परिएला नि !

कोर्पोरट आवाज डट कम

रोनाल्डोको एक शब्दले एक झट्कामा कोकाकोलाको ४ अर्ब डलर डुब्यो

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीका सल्लाहकारलाई ह्याकरको आरोप, ई–सेवा बहिष्कार गर्ने प्रयोगकर्ताको तयारी

कोर्पोरट आवाज डट कम