५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

शाओमी रेड्मी नोट ११ प्रो नेपाली बजारमा, कति होला मूल्य ?

banner

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको यो फोन नेपालमा ल्याएको हो ।

स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादनको रुपमा रेड्मी नोट ११ प्रो भित्र्याइएको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले ग्राहकको विश्वासले रेड्मी सिरिजलाई देशमै सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको बताए ।

“हामीले क्यामेरा, उच्च रिजोलुसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएका छौँ,“ उनले भने । १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित चार ओटा क्यामेराको सेटअप दिइएको छ ।

जसमा ११८ डिग्री भ्यूइङ एंगल भएको आठ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल क्यामेरा, समान दुई मेगापिक्सेलका  म्याक्रो क्यामेरा र डेप्थ सेन्सर रहेका छन् । यसैगरी मोबाइलको अगाडि भागमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

६७ वाट टर्बो चार्जिङ र र मिडियाटेक हेलियो जी ९६ प्रोसेसर रहेको यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । जुन १५ मिनेटमै ५१ प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ । ट्रेंडी फ्ल्याट–एज डिजाइन रहेको रेड्मी नोट ११ प्रोमा १२० हर्ज रिफ्रेश रेट भएको फुल एचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ ।

६ दशमलव ६७ इन्चको डट डिस्प्लेको साथमा रेड्मी नोट ११ प्रोले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन प्रदान गर्ने बताइएको छ । यसमा रहेको डुअल सुपर लिनियर स्पिकरको साथमा रेड्मी नोट ११ प्रोमा गेमिङ वा भिडियोहरू हेर्नको लागि इमर्सिभ स्टेरियो साउन्ड प्राप्त गर्न सकिन्छ ।

ग्रेफाइट ग्रे, पोलर ह्वाइट र स्टार ब्लू गरी तीन ओटा रङ्गमा उपलब्ध यो फोन ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज र ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टमा पाउन सकिनेछ । जसको मूल्य क्रमशः ३४ हजार ९९९ रुपैयाँ र ३६ हजार ९९९ रुपैयाँ राखिएको छ ।

ad

यो पनि पढौँ

दुई नयाँ फोन ए५७ र ए७७ सार्वजनिक गर्दै ओप्पो

कोर्पोरट आवाज डट कम

भक्तपुर टिभिएसको ग्राण्ड एक्सेन्ज मेला २ असोज देखि ६ दिन सम्म

कोर्पोरट आवाज डट कम

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

कोर्पोरट आवाज डट कम