२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
स्वास्थ्य

काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो, केयूकेएलको पानी प्रदूषित

banner

१७ असार, काठमाडौं। काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मन लाल दासका अनुसार शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ ।

बिरामीमा हैजाको स्रोत पानी देखिएको डा. दासले अनलाइखबरलाई जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। उपत्यकामा वितरण गरिने खानेपानी पिउनयोग्य नरहेको भेटिएको डा. दासले बताए ।

उनका अनुसारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ ।

‘केस अनुसारको नुमना परीक्षणको रिर्पोट एकै किसिमको छैन । इनार, धारा तथा ट्यांकरको सबै पानी प्रदूषित छ । केयूकेएलको कुनै ठाउँको पानीमा इकोलाई देखियो,’ दासले भने,’ यसबाट पनि प्रदूषित छ भन्ने प्रष्ट हुन्छ । तर, पानीमा कहाँबाट हैजा सरेको हो भन्ने एकीन भएको छैन ।’

केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडीसीडीले शुक्रबारदेखि अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

महाशाखाले सबैतिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

ad

यो पनि पढौँ

कोरोनाको उपचार गर्न औषधी बनाए, आफैंमाथि गरे परीक्षणः चेन्नईका डाक्टरको मृत्यु

कोर्पोरट आवाज डट कम

सनसिटीमा र्‍यापिड टेष्ट गरेका सबैको रिपोर्ट नेगेटिभ

कोर्पोरट आवाज डट कम

नेपालगञ्जमा थप ६ जनामा संक्रमण पुष्टि, त्यहाँ आजै १५ भेटिए

कोर्पोरट आवाज डट कम