२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
मनोरन्जन

‘लू’ फिल्मको प्रमुख भूमिकामा सौगातलाई पनि प्रस्ताव, इलैयाको भूमिका कसले गर्ला ?

banner

काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित पुस्तक ‘लू’माथि आधारित हुने फिल्मका लागि यतिबेला प्रमुख कलाकारको खोजी भइरहेको छ ।

मुख्य पात्र इलैयाको भूमिकामा कुन कलाकारले अभिनय गर्नेछन् भन्नेबारे निधो भइसकेको छैन । यद्यपि, गत सातासम्म विपिन कार्कीले यो भूमिकामा अभिनय गर्ने चर्चा थियो ।

अभिनेता कार्कीसँग निर्माण कम्पनी क्यारो फिल्म्सले छलफल पनि गरिसकेको छ । विपिनले पनि फिल्ममा अभिनय गर्न सक्ने संकेत दिएका छन् । यसैबीच, अर्का अभिनेता सौगात मल्ललाई पनि उक्त भूमिकाका लागि प्रस्ताव गरिएको छ ।

कार्यकारी निर्माता रोजित भट्टराईले सौगातलाई प्रस्ताव गरिएको बताए । चल्तीका दुई जना अभिनेतालाई प्रस्ताव गरिएपछि इलैयाको भूमिकामा कसले अभिनय गर्छ भन्नेबारेमा कौतूहलता छ । निर्देशकमा चाहिं प्रदीप भट्टराई अनुबन्धित भइसकेका छन् ।

ad

यो पनि पढौँ

‘राधे’को नराम्रो समीक्षा गर्ने माथि सलमानले हाले मानहानि मुद्दा

कोर्पोरट आवाज डट कम

सलमान खानको फुपुको छोराको निधन, सोसल मिडियामार्फत् जनाए दुःख

कोर्पोरट आवाज डट कम

स्टे होमको अवस्थामै सरिश्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक

कोर्पोरट आवाज डट कम