२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति समाचार

प्रतिनिधि सभा निर्वाचनमा काठमाडौैं-५ बाट उठ्ने रन्जुको घोषणा

banner

यसअघि नै उनले काठमाडौं ५ बाट उठ्ने आफ्नो तयारी रहेको र केही दिनमा औपचारिक रुपमा घोषणा गर्ने बताएकी थिइन् । उनले आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताएकी छन् ।

‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु‚’ उनले लेखेकी छन् ।

२०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेल विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई झन्डै १० हजार मतले हराएका थिए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए । त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार उज्वल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए ।

दर्शना यसअघि विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएसँगै चर्चामा थिइन् । २१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी मात्रै दिएकी थिइनन्, उनी तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला उनले चुनाव नजिते पनि काठमाडौंवासीको मन जितेको प्रतिक्रिया दिएकी थिइन् ।

वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै उनले विवेकशील साझा पार्टी छाडेकी थिइन् ।

ad

यो पनि पढौँ

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम

सर्वोत्तम सिमेन्ट प्रकरणः ढुंगाना र साउदलाई के गर्दैछ अर्थमन्त्रालय ?

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघन गर्ने वडा अध्यक्षहरु जरिवाना तिरेर छुटे

कोर्पोरट आवाज डट कम