१७ आश्विन २०८०, बुधबार / October 4, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

काठमाडौं क्यान्सर सेन्टरविरुद्ध स्थानीय आन्दोलित

banner

भक्तपुर, २० असार । भक्तपुरको काठमाडौं क्यान्सर सेन्टरविरुद्ध स्थानीय आन्दोलनमा उत्रिएका छन् । चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीको फैढोकास्थित सो अस्पतालले मनोमानी गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

उनीहरुले सो क्यान्सर अस्पतालले मनोमानी गरेको भन्दै चाँगुनारायण नगरपालिका र क्यान्सर अस्पताल रहेको वडामा ज्ञापन पत्र बुझाएका छन् ।

विगत ६ वर्षदेखि सञ्चालनमा आएको सो अस्पतालले हालै मात्र भवन निर्माणका लागि वडा कार्यालयका कर्मचारीमार्फत् सूचना टाँस गरेको थियो ।

उक्त सूचना टाँस भएपछि स्थानीयले अस्पताल प्रशासनको ध्यान आर्कषण गरेका थिए । तर स्थानीयलाई मतलब नगरी अस्पतालले बनाउन लागेको भवनले मापदण्ड पूरा नगरेको र अस्पतालको साँधसँधियारको विवरण समेत नमिलाई सूचना निकालेको थियो । सो सूचना प्रकाशित भएसँगै स्थानीय आक्रोशित भएका छन् ।

स्थानीयले अस्पतालले जानकारी नै नदिइ क्यान्सरको उपचारका लागि बंकर बनाउन लागेको बताए ।

अस्पतालको प्रशासन शाखाकी प्रमुख बर्षा कोइरालाले अस्पतालले नयाँ भवनको प्रक्रिया थालेसँगै स्थानीयले वडा कार्यालयमा रोक्का हालेको जानकारी दिइन् । उनले अस्पतालप्रति स्थानीयको शंका निवारणका लागि अस्पताल तयार रहेको बताउँदै वडामार्फत सहजीकरण गर्न खोज्दा केही मिस्डअन्डस््रट्याडिङमात्र भएको बताइन् ।

‘उहाँहरुको चित्त दुखाई केमा हो ? त्यो हामी बुझ्न तयार छौं, हामीले अस्पताल सम्बन्धी आएका विषयलाई वडा कार्यालयका प्रतिनीधिमार्फत् समाधान गर्नमात्र खोजेका हौं ।

ad

यो पनि पढौँ

बैंकहरुले कानुन बिपरित सहकारीसँग एटिएम संचालन गरिरहेको खुलासा, बन्द गर्ने चेतावनी

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीको सम्बोधनप्रति पूर्वराजा शाह बेखुशी, आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक

कोर्पोरट आवाज डट कम

भ्रम फैलाएको भन्दै ७० अनलाइन साइट बन्द

कोर्पोरट आवाज डट कम