४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति, कुनको कति ?

banner

नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त सहित तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था, र  अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेडलाई असार २३ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । सिक्लेसले आयोजना प्रभावित र सर्वसाधारणको लागि २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थालाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१०५ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, अभियान लघुवित्त वित्तीय संस्थालाई पनि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । अभियानलाई बोर्डले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

ad

यो पनि पढौँ

महिला नेतृत्वको मानुषी लघुवित्तले आईपीओ ल्याउँदै, व्यवसाय र सम्पत्ति थप्न मात्रै २ करोड लगानी गर्ने

कोर्पोरट आवाज डट कम

४१ अंकले बढ्यो बजार, १ अर्ब ४३ करोडको कारोबार

Corporate Aawaj

साताको शेयर बजारः ४१ अर्ब ६३ करोडको कारोबार

कोर्पोरट आवाज डट कम