५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति, कुनको कति ?

banner

नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त सहित तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था, र  अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेडलाई असार २३ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । सिक्लेसले आयोजना प्रभावित र सर्वसाधारणको लागि २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थालाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१०५ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, अभियान लघुवित्त वित्तीय संस्थालाई पनि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । अभियानलाई बोर्डले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

ad

यो पनि पढौँ

बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सूचिकृत

कोर्पोरट आवाज डट कम

दोहोरो अंकले घट्यो बजार, गुमाउनेसँगै बढी कारोबार गर्नेको अग्रस्थानमा गुडविल फाइनान्स

कोर्पोरट आवाज डट कम

३११३ बिन्दुसम्म पुगेर फर्कियो नेप्से, चन्द्रागिरीसहित तीन कम्पनीको मूल्यमा लाग्यो सर्किट

कोर्पोरट आवाज डट कम