
काठमाडौं। आज सेयर बजार ४१.३९ अंकले छ । बजार २.१५ प्रतिशतले बढ्दा नेप्से परिसूचक १९६२.७१ अंकमा आएको छ ।
१ अर्ब ४३ करोड १४ लाख ६ सयभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
आज आँधीखोला लघुवित्त कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।न्यादी पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको हो ।