५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

रेमिट्यान्समा देखियो सुधार, ३.८ प्रतिशतको वृद्धि 

banner

पछिल्ला महिनामा रेमिट्यान्समा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को वित्तीय विवरणअनुसार सो अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा  ३.८ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा हाल रेमिट्यान्समा सुधार देखिएको हो । केही महिनाअघिसम्मको समीक्षा अवधिमा रेमिट्यान्सको वृद्धिदर ऋणात्मक थियो । रेमिट्यान्स घट्दा त्यसको असर विदेशी मुद्रा सञ्चितिमा परेकाे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाा र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तो स्वीकृति लिनेको संख्या यो ११ महिनाको अवधिमा ३ लाख १३ हजार ३६७ पुगेको छ ।

ad

यो पनि पढौँ

ओलीको सम्बोधनपछि काँग्रेसको प्रतिक्रिया : गल्तीबोध र अठोट खोइ ?

कोर्पोरट आवाज डट कम

विश्वभर चर्चित क्लबहाउस सामाजिक सञ्जाल के हो र यसमा कसरी जोडिने ?

कोर्पोरट आवाज डट कम

लकडाउन नलम्बिए वैशाख ७ देखि अदालत पूर्णरुपमा खुल्ने

कोर्पोरट आवाज डट कम