२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश स्वास्थ्य

बेलायतका प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

banner

कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्।

बिबिसीमा प्रकाशित समाचारका अनुसार उस्तै लक्षण र ज्वरो देखिएपछि उनलाई आइतबार अस्पताल साँझ लन्डन अस्पतालमा भर्ना गरिएको हो। उनका चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएका हुन्।

कोरोना भाइरसको संक्रमण देखिएको १० दिन बितिसक्दा पनि उनमा उस्तै लक्षणहरू निरन्तर देखिएपछि सुरक्षात्मक सावधानीका लागि उनी अस्पताल भर्ना भएका हुन्।

त्यहाँ उनको नियमित परीक्षणहरू हुनेछन्।

मार्च २७ मा बेलायती प्रधानमन्त्री जोनसनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको थियो। त्यसयता उनी निवासमै बसेर काम गर्दै आइरहेका थिए।

शुक्रबार एक भिडिओ पोस्ट गर्दै उनले आफूलाई सामान्य लक्षणमात्रै देखिएको बताएका थिए।

‘मेरो तापक्रम अझै उस्तै छ। त्यसैले सरकारको सल्लाह अनुसार मैले यो लक्षण आफै नजाँदासम्म आइसोलेसनमा बसेर काम गर्नुपर्छ’, जोनसनले भने, ‘तर भाइरसलाई पराजित गर्न हामी स्पष्टरुपमा पुरै समय काम गरिरहेका छौं।’

सरकारको जिम्मेवारी उनले नै सम्हालिरहेको भएपनि सोमबार हुने कोरोना भाइरस सम्बन्धी बैठकको अध्यक्षता विदेशमन्त्रीले गर्ने ठानिएको छ।

शनिबार जोनसनकी गर्भवती प्रेमिका क्यारी सिमोन्ड्जले मुख्य लक्षणहरूसहित आफूले एकसाता ओछ्यानमै बिताएको ट्विट गरेकी थिइन्।

उनले आफ्नो कोरना भाइरसको परीक्षण नभएको बताएकी छन्।

यसैगरी बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

ad

यो पनि पढौँ

र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पनि बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

कोर्पोरट आवाज डट कम

काठमाडौंमा जलाइयो मोदीको पुत्ला

कोर्पोरट आवाज डट कम

कोरोना अपडेट : विश्वभर २३९,६०४ को मृत्यु, ३,४०१,१९० संक्रमित

कोर्पोरट आवाज डट कम

Leave a Comment