४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

निजी क्षेत्रलाई प्रोत्साहन दिने नीति तथा कार्यक्रम : अध्यक्ष  ढकाल

banner

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम अनुरुपको बजेट तर्जुमा गर्न आवश्यक रहेको बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतिपछि प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाउन नीति तथा कार्यक्रम अनुरुपको बजेट आवश्यक रहने बताए।

ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको र निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको रहेको बताए। 

ढकालले विगतका नीति तथा कार्यक्रम पनि राम्रो हुँदाहुँदै प्रभावकारी कार्यान्वयन हुन नसकेकाले आज सार्वजनिक नीति तथा कार्यक्रम कार्यान्वयन प्रभावकारी हुनेमा सरकार प्रतिबद्ध रहनुपर्नेमा जोड दिए।

ad

यो पनि पढौँ

नेमकिपा अध्यक्ष विजुक्छेंलाई पत्नी शोक

कोर्पोरट आवाज डट कम

फोहोर व्यवस्थापनका लागि बालेनको यस्तो आइडिया

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघन गर्ने एक हजार सवारी साधन कारबाहीमा

कोर्पोरट आवाज डट कम