२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ समाचार

नेसनल लाइफद्वारा सरकारी कोषमा ५१ लाख सहयोग

banner

 नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीको सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई कोषका लागि ५१ लाखको चेक हस्तान्तरण गरिन् । 

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको सञ्चालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री पनि कार्यक्रममा सहभागी थिए ।

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ । यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ । 

ad

यो पनि पढौँ

प्रदेशसभा बैठकमा वैद्यले गरे आत्मालोचना

कोर्पोरट आवाज डट कम

एनआरएनए अमेरिकाको साधारणसभामा मञ्चमै हात हालाहाल, पुरानो नक्साको प्रयोग

कोर्पोरट आवाज डट कम

प्रवेशाज्ञा प्रणालीमा नयाँ फड्को

कोर्पोरट आवाज डट कम

Leave a Comment