
सनराइज बैंक लिमिटेडले २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिस्कभरिङ नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो ।
क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू पनि समावेश गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केही मानिसमा देखिएको अवस्थामा क्यालेन्डरलाई डिजिटल माध्यमबाट सार्वजनिक गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
बैंकले आफ्ना ग्राहकलाई डिजिटल क्यालेन्डर इमेल र भाइबरमार्फत प्रदान गर्ने व्यवस्था मिलाएको छ । लकडाउन र वर्क फ्रम होमलाई मध्यनजर गर्दै क्यालेन्डर बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरूले भिडियो कन्फ्रेन्समार्फत सार्वजनिक गरेका हु्न् ।


