२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग राजनीति समाचार

मुख्यमन्त्रीको निर्देशन- विपन्नको घरघरमै राहत पुर्‍याउने व्यवस्था मिलाऊ

banner

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विपन्न समुदायको घरघरमा राहत पुर्‍याउने व्यवस्था मिलाउन सबै स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

राहत वितरणका क्रममा सार्वजनिक स्थानमा भिडभाड बढेपछि मुख्यमन्त्री राईले घरघरमा राहत पुर्‍याउने व्यवस्था मिलाउन जनप्रतिनिधिहरुलाई निर्देशन दिएका हुन ।

शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखसँगको बैठकपछि स्थानीय तहलाई डेलिभरी भ्यानको व्यवस्था गरेर विपन्नलाई राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय गरेर व्यवस्थापन गर्न समेत सुरक्षा निकायलाई उनले निर्देशन दिए ।

संक्रमण भित्रिन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा कडाइ गरिने बताए ।

ad

यो पनि पढौँ

सिके गोल्छा समूहले ल्याउँदैछ स्टील उद्योग, साढे ५ अर्ब लगानीको प्राइम स्टील दर्ता

कोर्पोरट आवाज डट कम

थप २ हजार २३९ जनामा कोरोना संक्रमण, १ हजार ३१६ जना निको

कोर्पोरट आवाज डट कम

एसईई मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै

कोर्पोरट आवाज डट कम

Leave a Comment