२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश समाचार

क्यानडामा अन्धाधुन्ध गोली चलाउदा कम्तिमा १२ जनाको मृत्यु

banner

क्यानडामा प्रहरीको पोशाक लगाई १२ घण्टा सम्ममा चलेको अन्धाधुन्ध गोली काण्डमा कम्तिमा १२ जनाको मृत्यु भएको छ । क्यानडामा प्रहरीको वस्त्र लगाई अन्धाधुन्ध गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको थियो भने उनको पनि मृत्यु भएको छ । तर उनको कसरी मृत्यु भएको भन्ने बारेमा प्रहरीले जानकारी गराएका छैनन् ।

प्रहरी अधिकारीहरुले उक्त घटनामा कैयौ घाइते भएका जनाएका छन् ।

उक्त घटना शनिबार १०:३० मा घटेको थियो भनेर एक प्रहरीको निधन भएको छ । प्रहरीले पछ्याउदै जाँदा उक्त संदिग्ध व्यक्तिलाई क्यानडाको पूर्वीय प्रान्त नोभा स्कोसामा फेला पारेका थिए । ५१ बर्षिय ग्याबरिएल वोर्टम्यानलाई आइतबार हिरासतमा लिइएको रोयल क्यानाडिएन माउन्टेड प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उक्त व्यक्तिले प्रहरीको पोशाक लगाएको र प्रहरीको सवारी साधन प्रयोग गरेको जनाएका छन् । तर उक्त व्यक्ति आरसिएमपि(रोयल क्यानाडिएन माउन्टेड प्रहरी)द्वारा भर्ना गरिएको हैन भनि प्रहरीले जानकारी दिएका छन् ।

उनले चाँदी रंगको गाडी प्रयोग गरेका थिए भने उनलाई नोभा स्कोसामा स्थित इन्धन चौकी(ग्यास स्टेसन)मा पक्राउ गरिएको थियो । गोलिबारी गत शनिबार पोर्टापिकमा भएको थियो ।

“यो दुखद डरलाग्दो परिस्थितिमा परेका सबैका निम्ति दुख व्यक्त गर्दछु ” । “म प्रहरीलाई कडा परिश्रम गरेकोमा र अधिकारीहरुलाई सहयोग गरेकोमा मानिसहरुलाई धन्यवाद दिन चाहन्छु।”प्रधानमन्त्री जस्टिन ट्रूडोले ओन्टारियोको आफ्नो घर बाहिर आइतबार भने।

ad

यो पनि पढौँ

देशका अधिकांश स्थानमा झरी, मौसमविद् भन्छन्– पर्सिसम्म यस्तै हुन्छ

कोर्पोरट आवाज डट कम

धोबिखोलामा फोहोर फाल्नेबाट २५ हजार जरिवाना असुल

कोर्पोरट आवाज डट कम

लकडाउन तत्कालै खोल्न सम्भव छैनः भारतीय प्रधानमन्त्री मोदी

कोर्पोरट आवाज डट कम

Leave a Comment