४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश स्वास्थ्य

विश्वभरका ६ लाख बढी कोरोना संक्रमितले गरे स्वास्थ्यलाभ

banner

विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ६ लाखभन्दा बढी संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् ।

निको हुनेमा सबैभन्दा अगाडि जर्मनी छ । जर्मनीमा अहिलेसम्म ८८ हजार कोरोना भाइरसका बिरामीहरु निको भइसकेका छन् । त्यस्तै चीनमा ७७ हजारभन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् । स्पेनमा पनि सोही हाराहारीमा संक्रमितहरु निको भइसकेका छन् । अमेरिकामा पनि ७० हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।

अहिलेसम्म विश्वभर समग्र संक्रमितको संख्या भने २४ लाख दुई हजार नाघेको छ । अमेरिकामा सबैभन्दा बढी सात लाख ५८ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा एक लाख ९८ हजारभन्दा बढी संक्रमित देखिएका छन् भने इटालीमा एक लाख ७८ हजारभन्दा धेरै संक्रमित देखिएका छन् ।

कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ६५ हजार नाघेको छ । अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या ४० हजार नाघिसकेको छ भने इटालीमा २३ तथा स्पेनमा २० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

ad

यो पनि पढौँ

लेले जंगलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

कोर्पोरट आवाज डट कम

नेपाल प्रहरीका डिआईजीहरुको सरुवा, सिआईबीमा धिरजप्रताप सिंह (सूचिसहित)

कोर्पोरट आवाज डट कम

विजेन्द्रले नवदुर्गालाई चढाए ९० हजारको ‘खःमेय्’

कोर्पोरट आवाज डट कम

Leave a Comment