२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

बैंकलाई फेरी कडाइ, सिमित पासले कसरि दिंदैछन बैंकिङ सेवा ?

banner

लकडाउन खुकुलो भएपछि केहि दिन उल्लेख्य रुपमा खुलेका बैंक वित्तीय संस्था आज बिहिबारदेखि पुनस सिमित सेवामा खुम्चिएका छन्। नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई सिमित शाखा कार्यालयमात्रै संचालनमा ल्याउन दिएको निर्देशन पालना गर्दै आजदेखि थोरै शाखा खोलेर सेवा दिएका हुन्। 

हिजो सबै शाखा खोलेर बैंकिङ सेवा दिएका बैंक वित्तीय संस्थाहरुले आजदेखि एक चौथाई भन्दा पनि कम शाखा खोलेर सेवा दिइरहेका छन्। बैंकका कारण भिडभाड बढेको भन्ने गुनासो बढेपछि मन्त्रीपरिषदको निर्णयलाई आधार मानेर राष्ट्र बैंकले धेरै शाखा खोल्नलाई कडाइ गरेको हो। 

नेपाल राष्ट्र बैकका अनुसन्धान बिभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा गुणाकर भट्टले बैंकका कर्मचारीहरुले परिचय पत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने बताए। उनकाअनुसार शाखाहरु खोल्नका लागि राष्ट्र बैंकले बुधबार बैंकहरुलाई सिमित पास वितरण गरेको छ। उनकाअनुसार राष्ट्र बैंकले बाणिज्य बैंकलाई प्रति बैंक २०, बिकास बैंकलाई १०, फाइनान्सलाई ८ र लघुवित्त वित्तीय संस्थालाई ५ वटाका दरले पास वितरण गरेको छ। 

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकका सबै शाखा कार्यालय नखोल्ने निणर्य गरेको बताए। त्यस्तै बाणिज्य बैंकहरुले अहिले रोटेशन गरेर आवश्यकताका आधारमा बिभिन्न ठाउँहरुमा शाखा खोलेर सेवा दिइरहेको एक बैंकरले बताए। २० वटा पास पर्याप्त नभएपनि अहिलेको समय परिस्थितअनुसार ठिकै भएको उनले बताए।

एउटा क्षेत्रमा एउटा शाखा र त्यसमा ४-५ जना कर्मचारी भए अहिलेलाई सेवा दिन पुग्ने भएकाले एउटा शाखामा एउटा पासले पुग्ने र ५-७ वटा पास मुख्य कार्यलयमा प्रयोग हुने ति बैंकरले बताए। मन्त्रिपरिषदको निर्णय पश्चात बुधबारसम्म करिब शतप्रतिशत शाखा संचालनमा आएपनि आजदेखि औषतमा २५ प्रतिशत शाखाबाट सेवा दिइरहेको उनले बताए। 

ad

यो पनि पढौँ

केही खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघनमा किन रूचि देखाउँदैछ भक्तपुर ?

कोर्पोरट आवाज डट कम

नयाँ स्कोर्पियो लन्च हुँदै

कोर्पोरट आवाज डट कम