२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

वडाध्यक्षको निर्देशनपछि अनामनगरको भाटभटेनी बन्द

banner

काठमाडौंको अनामनगरमा रहेको भाटभटेनी सुपरमार्केट बन्द भएको छ । कोरोना भाइरस -कोभिड-१९) को संक्रमण फैलन नदिन अन्य साना पसलहरु बन्द भए पनि भाटभटेनीका भने खुलै थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन भनेका हुन् । शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले जानकारी दिए ।

साना पसलहरु सबै बन्द भए पनि राजनीतिक पहुँचका आधारमा भाटभटेनीले दिनभर खुला गर्ने गरेको थियो ।

सुरक्षाका लागि बाहिर दूरी कायम गर्न भनिए पनि भित्र पसेपछि भने ठूलो भीड लाग्ने गरेको थियो । भित्र दूरी कायम गर्ने अवस्था नहुने भएकाले संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।

अनामनगरको बन्द भए पनि नक्साल, कोटेश्वर लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् । संक्रमणबाट फैलन नदिन भन्दै बाहिर लाइन लगाएर दूरी कायम गर्न भनिए पनि भित्र पसिसकेपछि भाटभटेनीले कुनै सतर्कता नअपनाएको वाध्यक्षहरुले बताएका छन् ।

सामान्य नागरिकले किनमेल गर्ने पसलहरु बन्द गराएर ठूलो सुपरमार्केटमात्रै खोल्न दिइएको भन्दै सर्वसाधारणहरुले नै सामाजिक सञ्जालमा विरोध गर्ने गरेका छन् ।

ad

यो पनि पढौँ

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

कोर्पोरट आवाज डट कम

सर्वोत्तम सिमेन्टको एसजीएमले पारित गर्यो लाभांशसहित आईपीओ प्रस्ताव

कोर्पोरट आवाज डट कम

भारतको क्वारेन्टाइनमा २५ दिन बसेर फर्किए १०२ नेपाली

कोर्पोरट आवाज डट कम

Leave a Comment