२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश

ट्रम्पले भने– कोरोना संक्रमण हालसम्मकै नराम्रो हमला, तर राष्ट्रपतिको चुनाव रोकिँदैन

banner

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् ।

उनले कोरोना भाइरसबाट भएको क्षतिलाई दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरे ।

पत्रकारहरुसँग कुरा गर्दै उनले समयमै कोरोना संक्रमण रोकथामका लागि चीनले कदम नचालेकोले विश्वभर महामारी फैलिएको बताए ।

चीनको आलोचना गर्दै उनले भने, ‘हामी चीनसँग खुसी छैनौं । हाम्रो पूरै परिस्थिति खुसी छैन । किनभने यसलाई त्यहीँ रोक्न सकिन्थ्यो, जहाँबाट सुरु भएको थियो ।’

ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए ।
चुनाव स्थगित गर्नु हुन्छ कि हुँदैन भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले चुनावको मिति सार्ने विषयमा कहिल्यै पनि सोचेको छैन । मैले त्यस्तो किन गर्ने ? ३ नोभेम्बर एक राम्रो अंक हो ।’

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आगामी राष्ट्रपतिको चुनावबारे आशंका हुँदै आएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १२ लाख २७ हजार ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७३ हजार २ सय ७ जनाको मृत्यु भएको छ ।

ad

यो पनि पढौँ

अप्ठ्यारो पर्दा नेपालले गरेको सहयोग कहिल्यै बिर्सन्नौं, सकेको सहयोग गर्छौं: चीन

कोर्पोरट आवाज डट कम

मेलम्ची खानेपानी आयोजनाको बजेट साढे ५ अर्ब

कोर्पोरट आवाज डट कम

राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

कोर्पोरट आवाज डट कम