२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

नेपालमा ४ हजार बालबालिकाको मृत्यु हुन सक्ने युनिसेफको चेतावनी

banner

संयुक्त राष्ट्र अन्तर्गतको संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) ले दक्षिण एसियामा ४ लाख ४० हजार बालबालिकाको मृत्यु हुन् सक्ने चेतावनी दिएको छ । यस क्षेत्र स्वास्थ्य प्रणाली पहिले देखि नै कमजोर रहेको र कोरोना भाइरसको कारण झन् कम्जोर हुने भएकोले युनिसेफले ठुलो संख्यामा बालबालिकाको मृत्यु हुन् सक्ने चेतावनी दिएको हो  ।

युनिसेफले ६ महिनाको अवधिमा यी बालबालिकाले ज्यान गुमाउन सक्ने जनाएको हो  । लकडाउनको कारण स्वास्थ्य प्रणाली कमजोर बनेको र बालबालिकाहरु नियमित स्वास्थ्य सेवाबाट समेत बन्चित भएकोले यस्तो प्रक्षेपण गरिएको युनिसेफले जनाएको छ  । जोन हप्किन्स बलमबर्ग स्कुल अफ पब्लिक हेल्थ गरेको अनुसन्धानले यस्तो निस्कर्ष निकालेको हो  ।

अनुसन्धानमा खराब परिस्थितिमा अबको ६ महिनामा भारतमा ३ लाख, पाकिस्तानमा ९५ हजार, बंगलादेशमा १३ हजार र नेपालमा ४ हजार बालबालिकाको मृत्यु हुन् सक्ने उल्लेख छ  । यी बालबालिका ५ बर्ष भन्दा कम उमेरका हुने अनुसन्धानमा उल्लेख छ  । यस्तो हुन् नदिन अहिले नै कदम चाल्नु पर्ने युनिसेफले उल्लेख गरेको छ ।

ad

यो पनि पढौँ

लिपुलेकमा सडक निर्माण तत्काल रोक्न भारतलाई नेकपाको आग्रह

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघन गरेको आरोपमा शनिबार बिहानै १३९ जना पक्राउ

कोर्पोरट आवाज डट कम

संसदमा आजबाट प्रिबजेट छलफल सुरु हुँदै

कोर्पोरट आवाज डट कम