४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको ४ अंकको अग्रता

banner

जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको छ ।

आइतबार राति बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अंकको दूरी बनाएको हो । बायर्नलाई सहज जित दिलाउने क्रममा रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए ।

बर्लिनको घरेलु मैदानमा बायर्नका थोमस मुलरले पहिलो हाफको १८ औं मिनेटमा गोल गरे पनि भीएआरले मान्यता दिएन । ४० औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको बायर्नले ८१ औं मिनेटमा पाभार्डले गोल थप्दै २–० को जित दिलाए ।  

लिग अन्तर्गत  आइतबार राति नै भएको पहिलो खेलमा  खेलमा मैन्ज र क्लोनले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

ad

यो पनि पढौँ

ललितपुरबाट युरोकप फुटवलको बाटसट्टेबाज खेल्ने पाँच जना पक्राउ

कोर्पोरट आवाज डट कम

लिभरपुलले निर्णय फेर्दै माग्यो माफी

कोर्पोरट आवाज डट कम

२३ वर्ष क्रिकेट खेलेपछि भारतकी कप्तान मिताली राजले गरिन् संन्यासको घोषणा

कोर्पोरट आवाज डट कम