२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

एकदिवसीय डेब्युमा शतक बनाउने पाँच एसियाली खेलाडी

banner

कुनै पनि खेलाडीको यो सपना हुन्छ कि एक दिन आफ्नो राष्ट्रका लागि खेलुँ । तर, यो अवसर सबैका लागि जुर्दैन । तर, कुनै खेलाडीलाई यो अवसर जुरे उसमाथि आफ्नो डेब्यु खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दबाब हुन्छ । 

१५ खेलाडी यस्ता छन् जसले आफ्नो एकदिवसीय क्रिकेट डेब्युमै सानदार शतक पूरा गरेका छन् । यस सूचीमा पाँच एसियाली खेलाडीसमेत छन् । 

आबिद अली
पाकिस्तानी क्रिकेटर आबिद अलीको नाम यस सूचीमा भर्खरै समावेश भएको हो । उनले मार्च २०१९ मा अस्ट्रेलियाविरुद्ध भएको ५ एकदिवसीय सिरिजका दौरान डेब्यु गर्दै शतक पूरा गरेका थिए । यूएईमा भएको उक्त सिरिजमा अस्ट्रेलियाले ३–० को अग्रता बनाएका बेला चौथो खेलमा आबिद र साद अलीले डेब्यु गर्ने मौका पाएका थिए । 

पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । ग्लेन म्याक्सवेल, उस्मान ख्वाजा र एलेक्स केरीको अर्धशतको मद्दतमा अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २७७ रन जोडेको थियो । 

जवाफी ब्याटिङ गर्न आबिद डेब्यु गर्दै ओपनर आएका थिए । उनले ११९ बलको सामना गर्दै ११२ रनको शतकीय पारी खेलेका थिए । जसमा उनका ९ चौका थिए । तर, उक्त खेल पाकिस्तान अस्ट्रेलियासँग ६ रनले पराजित हुन पुग्यो । 

इमाम उल हक
पाकिस्तानी खेलाडी इमाम उल हकले २०१७ मा एकदिवसीयमा डेब्यु गरेका थिए । यूएईमा भएको श्रीलंकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिजमा उनले डेब्यु गरेका हुन् । सुरुवाती दुई खेल जितेपछि कप्तान सरफराज अहमदले सिरिजको तेस्रो खेलमा इमामलाई डेब्यु गर्ने मौका दिएका थिए । 

पहिले बलिङ गरेको पाकिस्तानका लागि हसन अलीले पाँच विकेट लिएपछि श्रलिंका २०८ रनमा अलआउट भएको थियो । जवाफमा ओपनरमा डेब्यु गर्दै इमामले शतकीय पारी खेले । उनले १२५ बलमा शतक पूरा गरेका थिए ।

केएल राहुल
भारतीय क्रिकेटर केएल राहुल एकदिवसीय क्रिकेटमा डेब्यु गर्दै शतक बनाउने पहिलो र एकमात्र खेलाडी हुन् । अन्य कुनै पनि भारतीय क्रिकेटरले डेब्यु खेलमा शतक बनाउन सकेका छैनन् । 

राहुलले २०१६ मा जिम्बाब्बेविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उक्त जिम्बाब्बेविरुद्ध डेब्यु गर्दै शतक बनाएका थिए । राहुलले अविजित शतकीय पारी खेल्दै भारतीय टिमलाई जित दिलाएका थिए । 

मार्क चेपम्यान
हाल न्युजिल्यान्डबाट खेलिरहेका मार्क चेपम्यानले आफ्नो करियरको सुरुवात हङकङबाट गरेका थिए । उनले हङकङबाट यूएईविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।  सन् २०१५ मा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उनी यूएईविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका थिए । उनले यूएईविरुद्ध ११६ बलमा १२४ रनको अविजित पारी खेलेका थिए । 

सलिम इलाही
पाकिस्तानी पूर्वब्याट्सम्यान सलिम इलाही एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक प्रहार गर्ने पहिलो एसियाली क्रिकेट खेलाडी हुन् । उनले श्रीलंकाविरुद्ध खेल्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गरेका थिए । श्रीलंकाविरुद्धको तीन खेलको सिरिजको पहिलो खेलमै उनले डेब्यु गर्दै शतक बनाएका थिए । उनले १०२ रनको अविजित पारी खेल्दै पाकिस्तानलाई सुखद सुरुवात दिलाएका थिए । 

ad

यो पनि पढौँ

को हुन् फेसबुकमा बर्खा थापा लेख्ने सञ्चार मन्त्री नैनकला ?

कोर्पोरट आवाज डट कम

बैंकहरुको बेस रेट कोभिड अघिको भन्दा माथि

कोर्पोरट आवाज डट कम

भलिबलको प्रशिक्षणबाट नौ खेलाडी बाहिर, १८ खेलाडी सहित प्रशिक्षण जारी रहने

कोर्पोरट आवाज डट कम

Leave a Comment