२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

भक्तपुरमा लागू हुन सकेन दुरी तयको नियम

banner

कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको छैटौ दिनसम्म पनि समुह समुहमा हिँडडुल गर्ने काममा नियन्त्रण हुन सकेको देखिँदैन ।

लकडाउनका समयमा दैनिक उपभोग्य समानहरु खरिदका लागि दुरी तय गर्नु पर्ने नियमको समेत चेताना स्तरको कमीकै कारण लागू हुन नसकेको भक्तपुरका बिभिन्न स्थानमा देख्न सकिन्छ ।

त्यस्तै भक्तपुर नगरपालिकाले दैनिक जनजीवन सहज बनाउन लकडाउनको समयमा दैनिक उपभोग्य समान खरिदका लागि बिहान तीन घन्टा र बेलुकाको दुइ घन्टाको समय छुट्याएको छ । नपाले सो समयमा समान खरिदका लागि १ ,१ मिटरको दुरि तय गरेको छ भने सान्यतया सुरक्षित रहने बिभिन्न उपाय अवलम्वन गर्न समेन आग्रह गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले जानकारी दिए । उनले भने स्थानियहरुको चेतनाका लागि बिभिन्न खालका गतिबिधिका साथै स्वयंसेवक समेतपरिचालन गरेका छौ ।

लकडाउन आफ्नै स्वास्थ्यका साथै परिवारको स्वास्थ्यलाई मध्यनजर गरि कोरोना नियन्त्रका लागि भएकाले यसलाई महत्व दिएर पालन गरिदिन प्रजपतिले आग्रह गरे ।

ad

यो पनि पढौँ

राष्ट्रियसभाको आजको बैठक स्थगित

Corporate Aawaj

श्रीमान १० वर्ष सम्पर्कविहीन भए एकल महिला भत्ता दिन एमाले सांसदको प्रस्ताव

Corporate Aawaj

सिसडोलका आक्रोशित स्थानीयसँग मेयर बालेन्द्रको प्रश्न : मलाई काम गर्न नदिने हो ?

कोर्पोरट आवाज डट कम

Leave a Comment