२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

banner

पूर्वीमध्य बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात यास् उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबार साँझबाट धेरै शक्तिशाली चक्रवातमा परिणत भएको छ । यसको असरस्वरुप पूर्वी नेपालबाट सुरु भएको असर क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ । यसको असरस्वरुप पानी पर्ने तथा हावाहुरी चलिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

ठूलो हावाहुरी भने नचल्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “चक्रवातको असर शनिबारसम्म देखिने छ । आइतबारबाट कम हुँदै क्रमशः हट्दै जाने छ,” मानन्धर भन्छिन् “काठमाडौंमा गत २४ घण्टामा काठमाडौंमा ५.६ मिलिमिटर पानी परेको थियो ।  आज काठमाडौंमा त्योभन्दा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।” उनका अनुसार आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने छ । 

चक्रवातको असर शनिबारसम्म नेपालका भू–भागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मेघगर्जन/चट्याङ/हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् मानन्धरको आग्रह छ । 

उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यमहिमपात/वर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउने सम्भावना रहेकाले पर्वतारोहण नगर्न तथा नगराउन विभागले भनेको छ । 

ad

यो पनि पढौँ

बालेनलाई बैंकहरुको पनि साथ, नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

कोर्पोरट आवाज डट कम

लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

कोर्पोरट आवाज डट कम