२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति समाचार

सिके गोल्छा समूहले ल्याउँदैछ स्टील उद्योग, साढे ५ अर्ब लगानीको प्राइम स्टील दर्ता

banner

काठमाडौं। सिके गोल्छा समूहले ५ अर्ब रुपैयाँ लगानी गरेर स्टील उद्योग ल्याउने भएको छ। गोल्छा अर्गनाइजेशनबाट छुट्टिएपछि निर्माण सामग्री उद्योगमा आक्रामक देखिएको यस समूहले उद्योगमा गर्न लागेको यो सबैभन्दा ठूलो लगानी हो।

समूहले प्राइम स्टील उद्योग खोल्ने गरी विभागमा दर्ता समेत गराइसकेको छ। यो उद्योगको लिड शरद गोल्छाले गर्दैछन्।  उनी  हुलासचन्द गोल्छाका नाती हुन् भने चन्द्रकुमार गोल्छाका छोरा हुन्।

उद्योगले एचआर स्ट्रप्स वार्षिक ३ लाख ९६ हजार टन उत्पादन गर्नेछ।अध्यक्ष चन्द्रकुमारका अनुसार टीमएमटी छड ७९ हजार २ सय टन उत्पादन गर्नेछ। यस्तै वायर रड १ लाख १८ हजार ८ सय टन उत्पादन हुनेछ।  

यसैगरी अन्य उत्पादनहरुमा एगंल फ्ल्यास, च्यानल्स प्लेन, राउण्ड हेक्साजोन बार, आइविएम स्ट्रक्चरल आइटम लगायत उत्पादन हुनेछ। 
यो उद्योगका लागि १ लाख केभीएको प्रसारणलाईन आवश्यक पर्नेछ। यो उद्योगले ४ सय दक्ष तथा अर्धदक्ष जनशक्तिलाई रोजगारी दिने लक्ष्य लिएको छ। यो उद्योग पुर्ण रुपमा स्वदेशी लगानी रहनेछ। 

 विभागको विवरण अनुसार उद्योग पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर ९ मा उद्योग रहनेछ। यो उद्योगमा  कुल ५ अर्ब ५० करोड लगानी हुनेछ। यो उद्योगमा चालु पुँजी ३ अर्ब ८७ कोड रहनेछ भने स्थिर पुँजी १ अर्ब ६३ करोड हुनेछ।  

उद्योग १८ बिघा क्षेत्रफलमा फैलिनेछ। उद्योगले आधुनिक किसिमको प्रविधि भित्र्याएको जनाएको छ। वीरगंज–पोखरिया सडक खण्डमा हालसम्म निर्माण भएको यो सबैभन्दा ठूलो लगानीको स्टील उद्योग हो। सरकारले भट्टी सहितको फलाम उद्योगलाई आर्थिक ऐन मार्फत भारी छुट दिएपछि गोल्छाले लगानी बढाएका हुन्।

सिके गोल्छा समूहको सौर्य सिमेन्टमा पनि लगानी छ। सौर्यमा शंकर र अम्बे समूहको पनि लगानी छ।

ad

यो पनि पढौँ

२६ प्रतिशतले बढ्यो बीमा बजार, ११ हजारले पाए रोजगारी

कोर्पोरट आवाज डट कम

नेबिको बिस्कुटको आउटलेट अब बालाजु र गौरीघाटमा पनि

कोर्पोरट आवाज डट कम

फोहोरबाट रोजगारी सिर्जना गर्न समझदारी , कोरियाले ९८ लाख अमेरिकी डलर दिने

Corporate Aawaj