२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्ट : नाम जिटा, इटा र थिटा

banner

कोरोना भाइरसको नयाँ तीन भेरियन्ट फेला परेसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचो) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् ।

यद्यपी यी नयाँ भेरियन्टहरुले जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जनाएका छन् । यसअघि डब्ल्लूएचओले बेलायतमा भेटिएको भेरियन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ र भारतमै फेला परेको अर्को भेरियन्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अल्फा भेरियन्ट १६० मुलुक, बेटा भेरियन्ट ११३ मुलुक, गामा भेरियन्ट ६४ र डेल्टा भेरियन्ट ६२ मुलुकमा फैलिएको जनाएको छ।

पहिलो लहरको कोरोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरियन्टले ठूलो असर पारेको छ।

ad

यो पनि पढौँ

गणेश लामा पक्राउ

कोर्पोरट आवाज डट कम

नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

कोर्पोरट आवाज डट कम

११ थान मूर्तिसहित दुई जना पक्राउ

कोर्पोरट आवाज डट कम