४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

महालक्ष्मीविकास बैंक लि.को महालक्ष्मीः MISSED CALL सेवा सञ्चालनमा

banner

कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई घरमै बसीआधुनिक बैंकिङ्ग सेवाउपलब्ध गराउने तथाग्राहक र बैंक बिचको सम्बन्धलाई सहजबनाउने उद्देश्यले, महालक्ष्मीविकास बैंक लि. लेमहालक्ष्मीः Missed Call सेवा सञ्चालनमाल्याएको छ । बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा Missed Call गर्न सक्नेछन् र बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी (CALL BACK) जानकारी उपलब्ध गराउने छन् ।
यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।
बैंकले यस विषम परिस्थितिमा सम्पुर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

ad

यो पनि पढौँ

गैरआवासीय नेपाली संघ र सगुनबीच समझदारीपत्रमा हस्ताक्षर, कल्याणकारी परियोजनाहरुमा सहकार्य गर्ने सहमति

कोर्पोरट आवाज डट कम

शाओमी रेड्मी नोट ११ प्रो नेपाली बजारमा, कति होला मूल्य ?

Corporate Aawaj

एभरेष्ट बैंकद्वारा पाँचलाख रकम सहयोग

कोर्पोरट आवाज डट कम